सुचना, समाचार र मनोरन्जन

सेन्सर बोर्डमा रंग पत्रकार कुबेर गिरी नियुक्त

काठमाडौं :

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा  रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन्। सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो । गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन्।

दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन्। नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन्।

त्यस्तै गरी अर्को जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा कलाकार भीमा मैनाली नियुक्त भएकी छन्।  दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन्। उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन्। यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन्।

Leave A Reply

Your email address will not be published.