सुचना, समाचार र मनोरन्जन

कृषाको हातमा २ वटा फिल्म : जहाजैको सार्वजनिक गरिन् थिम पोस्टर

काठमाडौं :

हलमा प्रदर्शरत फिल्म ‘पिताम्बर’कि निर्देशक कृषा चौलागाइँ नयाँ फिल्ममा अनुबन्ध भएकी छन्। उनको निर्देशनमा ‘जहाजैमा’नामक फिल्म निर्माण हुने भएको हो।

मंगलबार फिल्मको नाम सहित पोस्टर थिम सार्वजनिक गरिएको छ। एक साताअघि जापानमा पुगेकी कृषाले यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन्।

Pach Pandav

थिम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेका छन्। यस फिल्मले कुनै पनि नेपाली परदेशिन हिडेको युवाको कथालाई भन्न खोजेको छ। नेपाली फिल्म जापानमा विरतण गर्दै आएका उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकार छनोट भएका छैनन्।

निर्देशक कृषाले परिचयसँगको कुराकानीमा केहि सातामा नै फिल्मका कलाकारहरुको छनोट गर्ने बताईन्। उनले अहिले स्क्रिप्टको दोस्रो ड्राफ्टमा काम भइरहेकोले कलाकार तत्काल छनोट गरि नहाल्ने भनाई राखिन्।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यो फिल्म अर्को वर्ष अर्थात सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको छ। भदौबाट छायांकन गरिनेछ यो फिल्मको दृश्य नेपाल, जापान र फिलिपिन्समा खिचिने छ। फिल्म ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छन्। उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छन्।

Leave A Reply

Your email address will not be published.