सुचना, समाचार र मनोरन्जन

मोहर टिजर : सामाजिक कुरितीविरुद्धको कथा

काठमाडौं :

आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा टिजर रिलिज गरेको हो।

Pach Pandav

टिजरमा देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथालाई भन्न खोजेको छ। देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरितीविरुद्धको कथालाई फिल्मको टिजरमा प्रस्तुत गरिएको छ।

ओम प्रतीक निर्देशित यो फिल्ममा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजंग शाही लगायतको अभिनय छ। चुम्बनजंग शाहीले फिल्म निर्माण गरेको यो फिल्ममा अभिनेता शाह यसमा देउकी कुप्रथा रोक्न संघर्ष गरेको भुमिकामा प्रस्तुत भएका छन्। बेनिशालाई बालिकाको आमाको भूमिकामा देखाइएको छ भने मिस पबिलाई एक झलक देखिन्छ।

Leave A Reply

Your email address will not be published.