सुचना, समाचार र मनोरन्जन

रुकुम पश्चिम पुगेकी रचना रिमाललाई स्वास्थ्यमा समस्या

काठमाडौं :

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या भएको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी गायिका रचनालाई पेट दुखेपछि नेपाली सेनाको हेलिकप्टरमाफृत काठमाडौं ल्याएको हो।

यहाँ ल्याउनुअघि उनलाई नेपालगञ्ज हस्पिटल लगिएको बताइएको छ। नेपालगञ्जमा उपचार हुन नसकेपछि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना गरिएको छ। अहिले उनको फोन कल नउठेपछि उनलाई थप जानकारी प्राप्न गर्न सकिएको छैन। रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारीमा थिइन्।

Leave A Reply

Your email address will not be published.