सुचना, समाचार र मनोरन्जन

परिच्छेदको ‘महाराजधिराज’मा जोडिए दिनेश डिसी

काठमाडौं :

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘महाराजधिराज’मा दिनेश डिसी अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले अनुबन्ध गरेको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेको डिसी पछिल्लो समय अभिनय समेत सक्रिय रहेका छन्। यस फिल्ममा यसअघि आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत,वर्षा शिवाकोटी,जयकिशन बस्नेत,गजित बिष्टलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन्।

आगामी दसैंको फूलपातिमा प्रदर्शन हुने यो फिल्म छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो। यस फिल्मको प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्। छ। यसअघि निर्देशक सेनले फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए। जसले राम्रो प्रतिक्रिया पाएको थियो।

Leave A Reply

Your email address will not be published.