सुचना, समाचार र मनोरन्जन

‘ऊनको स्वीटर’का सबै गीत करोड क्लबमा,‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानी’उस्तै छ चर्चा

काठमाडौं :

सुपरहिट फिल्मको दर्जामा राखिएको फिल्म ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ। ५ हप्ता पार गर्दा फिल्मको गीतले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका हुन्।

हालै रिलिज भएको गीत ‘चाइनेजो जिन्दगानीमा’ले पनि १ करोड भ्यूज कटाएको छ। त्यसैगरि यो समाचार तयार पार्दासम्म,‘फूलहरू मुस्काउँछन््’ले २ करोड १० लाख भन्दा माथी पार गरिसकेको छ भने अर्को गीत ‘मखमली’ १ करोड ३० लाख कटाइसकेको छ। यो फिल्ममा सर्वाधिक चर्चामा रहेको अर्को गीत ‘काफ्ले’ १ करोड ३० लाख पार गरिसकेको छ।

यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने बताए।

यो फिल्म हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ।

Leave A Reply

Your email address will not be published.