सुचना, समाचार र मनोरन्जन

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’भोला र आरुसको लुक्स

काठमाडौं :

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ। निर्माण पक्षले फिल्मका मुख्य कलाकार भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरेको हो।

भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन्। झुस्स दारीमा रहेका उनी थोरै तनावमा देखिएका छन् भने सँगै छन् आरुस। झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा रातो लुगामा छन्। लुगा पसिनाले निथ्थ्रुक्क भिजेका छन्। उनको यो स्वरुपले उनी संस्कृत भाषा पढिरहेको संकेत गरेको छ। पृष्ठभूमिमा रहेका मन्दिरहरूले यसलाई पुष्टि गर्छ। भोलाराजको छोराको भूमिकामा आरुस छन्। केही दिन अगाडि यो फिल्मका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको थियो।

हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्ममा विजय,भोला र आरुससँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।

यस फिल्मको एसोसियट निर्देशकका रुपमा मनिष राउत रहेका छन्। उनी फिल्ममा ‘प्रेमगीत ३’ अभिनेताका रुपमा अभिनय गरेका थिए। असोसियट निर्देशक राउतका अनुसार, ‘जनै हराएको मान्छे’ले बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागाहरूलाई केलाउने प्रयास गरेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ।

फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ भने फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ। फिल्म आगामी भदौँ ६ गते प्रदर्शनमा आउने बताइएको छ।

 

 

Leave A Reply

Your email address will not be published.