काठमाडौं :
टिकटकर तथा मोडल मिस पवी (पवित्रा साकी)फिल्म ‘किन लाग्छ माया’ मा अभिनय गर्ने भएकी छन्। हालै ऋषि लामिछानेको फिल्म ‘माग्नेराजा’को छायांकन सकिए लगत्तै उनी यो फिल्ममा अनुबन्ध भएकी हुन्।
एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माण हुने यस फिल्मलाई कुवेर तामाङको निर्देशन गर्दैछन्। असारको पहिलो साताबाट सुरु हुने भनिएको यस फिल्ममा लगानी मोनु खड्काको हुनेछ। फिल्ममा मिस पवीका साथमा धिरेन शाक्य,सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, राजेन्द्र खड्गी, हिउँवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ।
स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गी एक्सन रहनेछ।
यो फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै फिल्मले सामाजिक विषयवस्तुलाई पनि मुख्य रुपमा प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ।
काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा छायांकन हुने यो फिल्ममा अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेका छन्। फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ।