Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असार २ गते शनिबारको राशिफल पढ्नुहोस
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
शैलेन्द्र बज्राचार्य निर्देशित लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक
काठमाडौँ :
शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। “Empty Bottles, Blank Papers” उपशीर्षक सहित सार्वजनिक भएको यो चलचित्रले, वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ ।
चलचित्रमा वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंह, अफ्शान पन्थी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ भने रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनयमा साथ दिएका छन्।
प्रवेश गर्दै गरेको अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन र सशक्त संवादले चलचित्रलाई दर्शकहरूका लागि प्रभावशाली बनाएको छ। यो चलचित्रले दर्शकलाई आत्म विश्लेषण गर्न बाध्य पार्ने भावनात्मक सन्देश दिन खोजेको छ। प्राविधिक पक्षमा किरण श्रेष्ठ, सन्दीप श्रेष्ठ (सम्पादन), निराजन सेंधाइ (छायाङ्कन), बिपिन स्थापित (साउन्ड डिजाइन), राजेन्द्र मोक्तान (रङ्ग संयोजन) तथा रोमन बज्राचार्य (पाश्वर्य सङ्गीत)लगायतको भूमिका उल्लेखनीय रहेको छ। म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति ‘खाली सिसी नयाँ कागज’ शर्ट फिल्म कम्पिटिसनमा पर्न सफल भएको लघु चलचित्र हो, सो फिल्म म्युजिक नेपाल इन्टरटेन्मेन्ट च्यानलबाट हेर्न सकिन्छ ।
Prev Post