सुचना, समाचार र मनोरन्जन

‘माग्नेराजा’मा माग्ने बुढाको पारिश्रमिक ६१ लाख,अझै कम भएको निर्देशकको भनाई

काठमाडौं :

नेपाली फिल्मको हिरोहरुको पारिश्रमिक ५० लाख नर्मल भइसक्यो। अब उनीहरुको पारिश्रमिक ६१ लाखसम्म पुगेको छ। शुक्रबार फिल्म ‘माग्नेराजा’को पोस्टर रिलिज कार्यक्रममा यस फिल्मका मुख्यकलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक पाएको चर्चा चल्यो। यस फिल्मका निर्माता मुनाल घिमिरेले कलाकार घिमिरेलाई ६१ लाख पारिश्रमिक दिएको दाबी गरे।

निर्माता घिमिरेले ६१ लाख रुपैयाँ पारिश्रमिकमा उनलाई फिल्ममा अनुबन्धित गरेको र ५१ लाख अहिले बुझाएको बताए। बाँकी रकम उधारो रहेको बताए। उनले भने, ‘म कलाको मन्दिर ९प्रज्ञा प्रतिष्ठान०लाई साक्षी राखेर भन्छु, केदार घिमिरेलाई सम्झौताको बेला ५१ लाख दिएको हुँ । अझै १० लाख दिन बाँकी नै छ । उहाँलाई ६१ लाख तिर्ने प्रतिबद्धता भएको हो ।’

निर्माता घिमिरे घोराही उपमहानगरपालिका(४ का वडाध्यक्ष समेत समेत हुन्।

यता कलाकार केदारले पनि आफुले रकम बुझेको बताए। कार्यक्रममा पारिश्रमिकबापत राज्यलाई तिर्नुपर्ने करको विषयमा पत्रकारले कुरा उठाएका थिए। जसको जवाफमा केदारले भने, ‘म इमानदारिताका साथ कर तिर्छु । सबै पैसा आइसकेको छैन । आएपछि तिर्छु । राज्यलाई कर नतिरिकन यसो र उसो भएन भन्दैनौं हामी ।’

फिल्मका निर्देशक ऋषि लामिछानेले केदारलाई दिएको पारिश्रमिक कम भएको तर्क गरे। उनले भने,‘मलाई त केदार घिमिरेलाई ६१ लाख दिएर गल्ती गर्‍यौं भन्ने लाग्छ। उहाँलाई एक करोड दिनुपर्ने रहेछ । उहाँको जुन मिहिनेत र समर्पण छ, त्यो अद्भूत छ। उहाँ रातको ११ बजे समेत स्क्रिप्टमा छलफल गर्न आउनुहुन्थ्यो। त्यस्तो अभिनेतालाई ६१ लाख धेरै कम हो, एक करोड दिनुपर्छ।’ यस फिल्ममा केदारका अलवा वर्षा सिवाकोटी,वेल्सन बिक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म आगामी भदौ ६ गते अलनेपाल रिलिज हुँदैछ भने यसलाई आरआरु फिल्मस्ले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.