सुचना, समाचार र मनोरन्जन

पर्दाको कथा होइन, अब पर्दापछाडि बुनिँदैछ मनिषको यात्रा

काठमाडौं :

‘प्रेमगीत ३’जस्तो सफल फिल्ममा अभिनय गरेका अभिनेता हुन् मनिष राउत। निकै फिल्ममा अभिनय गरेका उनले आफैले निर्माण गरेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’भने अभिनय गरेका छैनन्।

उनले आफैले खेलेको फिल्ममा किन खेलेनन् भन्ने विषयमा चर्चा चलेको छ। आगामी भदौ ६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा अभिनय नगर्नुको कारण खुलाएका छन्। उनले आफुले क्रियटिभ निर्देशकको जिम्मा लिएको हुनाले फिल्ममा अभिनय गरेको बताएका छन्। मिडियासँगको कुराकानीमा उनले भने,‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप हसज हुन्छ कि भन्ने मेरो सोच हो।’

उनले थपे,‘म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ।’

उनले आफु मात्र नभएर हरेक अभिनेताको चाहना निर्देशन पनि हुने गरेको गरेको बताए। उनका अनुसार सोही अनुसार अभिनय र निर्देशनलाई सकेसम्मसँगै अगाडि बढ्ने सोचमा छन्। विजय बराल मुख्य भूमिकामा रहेको यस फिल्ममा भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको पनि अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना,चुडामणि सिवाकोटी,आरके मानन्धर,सिआर बस्नेत,फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। यस फिल्ममा भानुभक्त ढकालले  कथा, पटकथा र संवाद लेखेका छन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा तर्कराज न्यौपाने,रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन्। फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ।

Leave A Reply

Your email address will not be published.