काठमाडौँ :
यो वर्षको एसइई दिएर बसेर विधार्थीहरुबीचको राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’मा शिवानी थापामगर उत्कृष्ट भएकी छन्। शनिबार भएको यस कार्यक्रममा कपनको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले आयोजना गरेको यो प्रतियोगितामा शिबानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगद र ११ र १२ कक्षाको पूर्ण छात्रवृत्ति जितेकी हुन्।
नाचघरमा आयोजित कार्यक्रममा शिवानीले प्रथम पुरस्कार जितिन्। यस्तै सो प्रतियोगितामा दोस्रो हुँदै एग्रिया सिंहले ५० हजार रुपैयाँ सहित प्लस टुको छात्राबृत्ति र गोविन्द गुरुङ कुसुमले तेस्रो हुँदै ३० हजार रुपैयाँ सहित प्लस टुको पूर्ण छात्रवृत्ति जिते। दुबैले पुरस्कार सहित मेडल र ट्रफी पनि पाए। २० अन्तिम प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरे। २० अन्तिम प्रतिस्पर्धीले नृत्य प्रस्तुत समेत गरेका थिए।
यो च्याम्पियनसिपको ग्रान्ड फिनाले समारोहको निर्णायकमा गम्भिर बिष्ट,प्रिन्स श्रेष्ठ,नारायण रिजाल,रोहिया महर्जन र शान्ति कठायत थिए। नम्बरको आधारमा यो प्रतियोगिताको विजेतादेखि उत्कृष्ट १० भित्र परेका सबै विद्यार्थीहरूले प्लस टु अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाएका छन्। मनास्लु सहित विभिन्न कलेजले प्रतियोगिताका उत्कृष्ट १०मा परेकाहरूलाई प्लस टुको पूर्ण छात्रवृत्ति दिने छ।
कार्यक्रममा तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कार सहित प्लस टुको पूर्ण छात्रवृत्ति र पाए भने पब्लिक च्वाइस अवार्ड सहित प्रशिका अधिकारीले पनि प्लस टुको पूर्ण छात्रवृत्तिसहित मेडल र ट्रफी हाँसिल गरिन्। यो प्रतियोगितामा ‘बेस्ट स्किल अवार्ड’ सहित गौतम खड्काले प्लस टुको पूर्ण छात्रबृत्ति पाए। एसइई डान्स च्याम्पियनसिप विजेता शिवानी थापामगरका कोरियोग्राफर अविनाश हमालले उत्कृष्ट कोरियोग्राफर भए।
छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२ को उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए। उनले बिजेताहरु सबैलाई शुभकामना दिए। नृत्य र पढाईलाई सँगै अघि बढाउन सन्देश दिनको लागि आफुले यो प्रतियोगिता आयोजना गरेको आयोजक महेश गोदारले बताए। नेपाली गीत संगीत तथा नृत्य क्षेत्रमा योगदान दिएको भन्दै अग्रज गायक नारायण रायमाझी, नृत्य विज्ञ रामचन्द्र (आरसी) कोइरालालगायतलाई सो समारोहमा सम्मान गरिएको थियो।