
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो रामबाबु गुरुङलाई ?
- ‘सारथी’को टिजरमा गिरिको रहस्यमय यात्रा, निरुतालाई ‘आमा’ सम्बोधन गरेपछि बढ्यो कौतूहल
- हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’
- ‘कंगाल करोडपति’पछि राजु श्रेष्ठको निर्देशनमा बन्ने भयो फिल्म ‘नौ डाँडा काटेर’
- विपना, वर्षा र महेशको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु
- पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिच्दै थालियो ‘ऊनको स्वीटर’को सिक्वेल
- दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक
- शिक्षाले व्यक्ति र समाज दुवैका लागि उपयोगी नागरिक बनाउनुपर्छः ओली
- एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
- साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
काठमाडौँ,
काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचना मार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी बर्षाका कारण काठमाडौँका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।
Prev Post