Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाली र भोजपुरी भाषाको फ्युजन: श्याम प्रसाद सुवेदीको ‘आधा नेपाली आधा भोजपुरी’ सार्वजनिक
- भिडियो क्राफ्ट नेपालबाट सार्वजनिक भयो सुवर्ण कुमारको ‘माया बनेर’
- सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’
- हलमा फिल्म ‘काजी’को क्रेज : दर्शकसँग साक्षात्कार गर्दै विपिन, सिक्वेलको चर्चा सुरु
- बलिराम चौहानको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’: कथामा युवा पुस्ताको ‘किचकिच’ र तनाव
- वसन्त निर्देशित फिल्म ‘पाँच पाण्डव’को छायांकन ६६ दिनमा सम्पन्न
- दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधान सेनापतिको आग्रह
- बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय
- सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय
- सरकारले तोक्यो बर्खे धानबालीको समर्थन मूल्य
तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
काठमाडौँ,
काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।
विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचना मार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी बर्षाका कारण काठमाडौँका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।
Prev Post