सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरको आर्थिक वर्ष २०८२÷८३ को बजेट आठ अर्ब ३५ करोड

गण्डकी,

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ।

महानगरपालिकाको १७औं नगरसभाको बैठकमा आज महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट रु ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान रु ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाट रु एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाट चार करोड २८ लाख हुने उपप्रमुख गुरुङले जानकारी दिइन्।

बजेटका प्राथमिकतामा हरित, उत्थानशील र दियो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन उल्लेख छ। वातावरण संरक्षण, सम्बर्द्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह बजेटका प्राथमिकतामा छन्।

त्यस्तै स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धन, गुणस्तरीय, जवाफदेही र प्रतिष्पर्धी मानवस्रोत विकास बजेटको प्राथमिकतामा रहेको उनले बताइन्। आजै महानगर प्रमुख धनराज आचार्यले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

महागनरको नीति तथा कार्यक्रममा पोखराको विकास र युवा उद्यमशीलता प्रवर्द्धन र सहजीकरणका लागि पोखरा आइडिया बैँक स्थापना गर्ने उल्लेख गरिएको छ। महानगरले तेस्रो त्रैमासिकभन्दा पछि योजनाहरूको सम्झौता नगर्ने नीति लिने उल्लेख गरेको छ।

योजना छनोटलाई प्रभावकारी बनाउन आयोजना बैँक सञ्चालन गर्ने, अनौपचारिक क्षेत्रमा क्रियाशील मजदूरको हितका लागि सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमअघि सारिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छः
१. पोखरा महानगरपालिकाका उप–प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर सभाका सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई पोखरा महानगरपालिकाको यस गरिमामय १७ औँ नगर सभामा हार्दिक स्वागत गर्दछु । यस ऐतिहासिक अवसरमा आर्थिक वर्ष २०८२।८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु ।
२. यस अवसर‌मा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समृद्धि एवं अग्रगमन‌का लागि भएका सबै राजनीतिक परिवर्तन तथा आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
३. ‘दीर्घकालीन सोच पोखरा २१००’ ले परिकल्पना गरेको समुन्नति र बृहत्तर सामाजिक आर्थिक रूपान्तरणको मार्गचित्रलाई मध्यमकालीन खर्च संरचना मार्फत वार्षिक बजेट तथा कार्यक्रमसँग जोड्ने प्रणाली प्रथम त्रिवर्षीय योजनाले स्थापित गरेको छ । १५ औँ नगर सभाबाट स्वीकृत दोस्रो पञ्चवर्षीय योजना संविधान अनुरूप समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा योगदान गर्दै ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माण तर्फ परिलक्षित छ । महानगरपालिकाको बृहत्तर हितका लागि अघि सारिएका रणनीतिक महत्वका नीति कार्यक्रम तथा आयोजना कार्यान्वयनमा साथ सहयोग प्रदान गर्नुहुने सबैमा हार्दिक अभिनन्दन गर्न चाहन्छु ।
४. स्थानीय तहको दोस्रो निर्वाचन मार्फत निर्वाचित हामी जन‌प्रतिनिधिले कार्यभार सम्हालेको ३ वर्ष पुरा भएको छ । यस अवधिमा विगत‌को भन्दा तीन गुणा बढी बजेट वडा स्तरका योजनामा परिचालन गरिएको छ । यसबाट स–साना विकास योजना सञ्चालन र सम्पन्न गरी सरकार प्रतिको नागरिक विश्वास अभिवृद्धि हुँदै गएको र वडा तह विकासको केन्द्रका रूपमा स्थापित भएको छ।
५. ‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल ध्येय र हरित उत्थानशील समावेशी र समन्यायिक विकास मार्फत पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने मूल लक्ष्य सहित दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनमा आएको छ । योजनाले वार्षिक औसत ८.४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कृषि क्षेत्रको उत्पादन र उत्पाद‌कत्व वृद्धि, मर्यादित रोजगारी, उद्यमशील संस्कृतियुक्त प्रतिस्पर्धी र स्वस्थ मानव पुँजी निर्माण, नागरिक सेवा सुविधामा गुणात्मक सुधार र प्रविधिमैत्री सेवा प्रवाह तथा सदाचार प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
६. पोखरालाई ब्रान्डिङ् (द्यचबलमष्लन) गर्दै पर्यटन मार्फत समृद्धि हासिल गर्ने लक्ष्य लिई प्राकृतिक, सांस्कृतिक र साहसिक क्षेत्रको अनुपम सङ्गम पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको सन्दर्भमा मिति २०८१ फाल्गुन ३ गते सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरी नागरिक स्तरबाटै भ्रमण वर्ष कार्यसम्पादन समिति गठन भई विविध क्रियाकलापहरू सञ्चालित छन् । मित्रराष्ट्र चीन सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । ठुलो जनसंख्या भएको देशले नेपाल भ्रमण वर्ष घोषणा गर्नु, यो अवसर पोखरा भ्रमण वर्ष घोषणा भएकै सन्दर्भमा आउनु आम पोखरेलीका लागि सुखद क्षणका रूपमा हामीले लिएका छौँ ।
७. आमपोखरेलीको गौरवको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि स्थानीय सरकारको प्रयासमा हातेमालो गर्दै नागरिक स्तरबाट भइरहेको प्रयास अतुलनीय छ । ठुलो लगानी र ऋण भार तिर्नै नसक्ने गरी फैलाइएका अफवाहका बाबजुद विमानस्थलले वार्षिक रूपमा १० लाख बढी यात्रुहरूलाई सेवा दिनुले यसको आवश्यकता र औचित्य साबित भएको छ ।
८. स्थानीय तहको विविधिकृत तथ्याङ्कको अभावमा योजना कार्यान्वयनको परिमाणात्मक लक्ष्य र उपलब्धि मापन गर्ने परिसूचकहरू परिभाषित गर्न नसकिएको प्रथम आवधिक योजनामा भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै महानगरपालिकाको विद्युतीय पाश्र्वचित्र प्रकाशन गरिएको छ । यसबाट तथ्य, प्रमाण र वस्तुनिष्ठ आधारमा योजना पहिचान, छनौट र कार्यान्वयन गरी अपेक्षित नतिजा हासिल गर्न मार्गदर्शन हुने विश्वास लिएको छु ।
९. समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन लक्ष्य हासिल गर्न विकास साझेदारसँग हातेमालो गर्दै जाने नीति अनुरूप ध्यचमि द्यबलप, ब्म्द्य, व्क्ष्ऋब्, प्इक्ष्ऋब्, ग्ल्म्ए जस्ता विकास साझेदारसँगको सम्बन्ध सुदृढ बनाउँदै करिब ३३ अर्ब बराबरका परियोजनाहरू मध्ये केही सम्झौता प्रक्रियामा र केही कार्यान्वयनको चरणमा रहेका छन् । वैदेशिक सहायता परिचालनका दृष्टिले यो उपलब्धि महत्वपूर्ण रहेको छ । कार्यान्वयनको चरणमा रहेका आयोजना समयमै सम्पन्न गरी जनविश्वास आर्जन गर्नुपर्ने चुनौती हामीसँग छ । यसका लागि कार्यान्वयन संयन्त्रलाई चुस्त बनाइनेछ ।
१०. राजश्व परिचालनका लागि विभिन्न प्रयासका बाबजुद राजश्व सङ्कलनमा उल्लेख्य सुधार हुन नसकेकाले यसबाट आयोजना कार्यान्वयनमा स्रोतमा चाप पर्न गएको छ । गौरवका आयोजनाहरूमा वर्षै भरि स्रोतको कमी हुन नदिने गरी आवश्यक स्रोतको प्रबन्ध गरिनेछ । राजश्व सङ्कलनलाई प्रभावकारी बनाउन दरभन्दा दायरा बढाउने नीति लिई आर्थिक वर्ष २०८२।०८३ लाई विशेष वर्षका रूपमा अघि बढाइनेछ ।
११. चालु खर्चलाई वाञ्छित सिमानामा राख्न खर्च सञ्चालन निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरिनेछ।
१२. विनियोजन कुशलता वृद्धि गर्न, उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्दित गर्न महाशाखा र वडा कार्यालयहरूलाई बजेट सिलिङ उपलब्ध गराउँदा रकमान्तरलाई मुख्य सूचकको रूपमा राखी रकमान्तर नगर्ने महाशाखा/वडा कार्यालयलाई थप बजेट उपलब्ध गराउने गरी आवश्यक प्रबन्ध मिलाइने छ ।
१३. फेवाताल संरक्षण सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले फेवातालको सिमाङ्कनका लागि म्षाभचभलतष्ब िन्यिदब िएयकष्तष्यलष्लन क्थकतझ (म्न्एक्० र ड्रोन सर्भे मार्फत डिटेल सर्भेक्षण सम्पन्न गरेको छ । सर्वेक्षणको क्रममा २९ वटा मुख्य आधार विन्दु र ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको ज्ष्नज ँयियम लेबल ७९४.९५ मिटर कायम गरिएको छ। उक्त विन्दुलाई आधार मान्दा तालको कुल क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको छ । पहिलो चरणमा फेवातालको चार किल्ला क्षेत्रमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा १ हजार ५५ सीमा स्तम्भहरू गाड्ने गरी काम भइरहेको छ। दोस्रो चरणमा सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम थप कार्यहरू गरिनेछ ।
१४. आर्थिक वर्ष २०८२।०८३ मा संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिवद्धतालाई नतिजामा परिणत गर्दै, नागरिकको विश्वास आर्जन गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ को नीति कार्यक्रममा निम्न विषयलाई जोड दिएको छ।
संस्थागत सुशासन तर्फः
१५. महानगरपालिका तथा मातहत निकायमा सुशासन सुदृढीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विधि, पारदर्शिता, जबाफदेहिता र सदाचारिता अवलम्बन ः सुशासन प्रवद्र्धनको अवधारणा अनुरूप नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी सार्वजनिक सेवालाई थप मितव्ययी, सरल, छिटो, छरितो, पारदर्शी तथा प्रविधिमैत्री बनाउँदै लगिनेछ ।
१६. सेवा प्रवाह, विकास व्यवस्थापन र न्याय सम्पादन प्रक्रियालाई स्वतःस्फूर्त, विश्वसनीय र नागरिकको पहुँच अभिवृद्धि गर्न सुशासन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीको क्षमता विकासका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ । सरकारी र सार्वजनिक सेवामा नागरिकको पहुँच सहज बनाउँदै लगिनेछ ।
१७. भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अवलम्बन गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आचारसंहिता कार्यान्वयन, प्रविधिको अधिकतम प्रयोग, अनुगमन, सचेतना अभियान सञ्चालन र खरिद लगायतका प्रक्रिया एंव् सेवा प्रवाहमा पारदर्शिता अपनाइनेछ । डिजिटल पोखराको अवधारणा अनुरूप एकीकृत सूचना तथा सेवा प्रवाह प्रणालीको विकास गरी कार्यान्वयन गरिनेछ । सेवा प्रवाहलाई समयसापेक्ष प्रविधिमैत्री बनाउँदै लगिनेछ ।
१८. महानगरपालिकामा सूचनाको हक कार्यान्वयनलाई सुनिश्चित गरिनेछ । सरोकारवाला सेवाग्राहीको सूचनाको हक सम्बन्धी ऐनले निर्देशित गरेका सूचनाहरू प्राथमिकतापूर्वक उपलब्ध गराइनेछ । चालु आर्थिक वर्षमा अधिकांश वडाहरू र केही महाशाखाहरूमा भ्(ब्ततभलमबलअभ ःबअजष्लभ जडान गरी कार्यालयमा कार्यरत कर्मचारीहरूको दैनिक उपस्थिति अनुगमन गर्ने कार्य भइरहेकोमा आर्थिक वषै २०८२।०८३ देखि सबै महाशाखाहरू र वडामा भ्(ब्ततभलमबलअभ ःबअजष्लभ जडान गरी अनुगमन गर्ने व्यवस्था  मिलाइनेछ ।
१९. संविधान र कानुन बमोजिम निर्दिष्ट जिम्मेवारी र कार्य बोझ तथा कार्य चापका आधारमा तर्जुमा भई नगरसभाबाट स्वीकृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण इ७ः, २०८१ प्रदेश किताब खानामा दर्ता भएपश्चात् कर्मचारी पदपूर्ति प्रक्रिया सुरु गरी हाल भइरहेको जनशक्ति न्यूनता अन्त्य गरी सेवा प्रवाह प्रभावकारी बनाइनेछ ।
२०. महानगरबाट प्रवाह गरिने सेवा तथा सुविधाहरू, कर्मचारी र सेवाग्राही बिचको कार्य व्यवहार, सेवा प्राप्त गर्न लागेको समय, सेवा बापतको मूल्य, परिमाण तथा गुणस्तरका सम्बन्धमा सेवाग्राहीसँग राय प्रतिक्रिया माग गर्नका लागि सूचकहरूमा आधारित सेवाग्राही सन्तुष्टि फारम भर्न लगाई प्रतिवेदन लिने कार्यको थालनी गरिनेछ । यसरी प्राप्त राय सुझावका आधारमा सेवालाई परिमार्जित र गुणस्तरीय बनाउँदै लगिनेछ ।
२१. महानगरपालिकाका महाशाखा र शाखाहरू छरिएर रहेको अवस्थामा सेवा प्रवाह प्रभावित भइरहेको तथ्यलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८२।०८३ देखि सबै महाशाखा शाखाहरूबाट प्रवाह हुने सेवा सुविधा एउटै भवनबाट प्रवाह हुने गरी आवश्यक व्यवस्था मिलाइनेछ । महानगरपालिका र वडाहरूबाट प्रवाह हुने सेवा सुविधा एकद्वार प्रणालीबाट सम्पादन हुने गरी व्यवस्था गरिएकोमा संरचनागत सुधार गरी व्यवस्थित गर्दै लगिनेछ ।
२२. अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने, इलष्लिभ प्रणालीबाट प्रदान गरिने सेवा विस्तार गर्दै फेस लेस सार्वजनिक सेवाको अवधारणा लागू गर्दै विद्युतीय शासन भ्(न्यखभचलबलअभ को अवधारणामा जोड दिइनेछ । महानगरपालिकाबाट सालबसाली रूपमा सार्वजनिक खर्च नियन्त्रण तथा खर्चमा मितव्ययिता कायम गर्नका लागि आवश्यक कानुन/कार्यविधि/निर्देशिका बनाई लागू गरिनेछ । महानगरपालिकाबाट जारी भएका कानुनहरूको अद्यावधिक एकीकृत सँगालो प्रकाशन गरिनेछ ।
२३. संघीय शासन प्रणालीमा सेवा प्रवाहको प्रभावकारिताको लागि र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिनेछ । महानगरपालिकामा कर्मचारी पदस्थापन, सरुवा र कामकाजमा खटाउने कार्यलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन यस सम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गरी कार्यान्वयनमा ल्याइनेछ ।
२४. राष्ट्रसेवक कर्मचारीबाट सम्पादित कामको गुणस्तर, कार्यसम्पादन स्तर, सेवा प्रवाह लगायतको आधारमा पुरस्कार तथा दण्डको व्यवस्था गरिनेछ । महानगरपालिकामा कार्यरत कर्मचारीको सेवा सुविधा र व्यवसायजन्य सुरक्षालाई उत्प्रेरक र पूर्वानुमानयोग्य बनाई राष्ट्रसेवकलाई उच्च मनोबलयुक्त बनाइनेछ । खरिद कार्यलाई चुस्त दुरुस्त, अनुमानयोग्य र प्रविधिमैत्री बनाइनेछ ।
२५. हेलो सरकार तथा हेलो मेयर मार्फत प्राप्त गुनासो सुनुवाइ गर्ने संयन्त्रलाई थप प्रभावकारी बनाइनेछ। गुनासो सुनुवाइमा च्बउष्म च्भकउयलकभ त्भबm परिचालन गरिनेछ । छाडा चौपाया नियन्त्रण, बजार अनुगमन, मापदण्ड विपरीतका संरचना हटाउने, आवागमन व्यवस्थित गर्ने कार्यमा नगर प्रहरी बलको  परिचालन प्रभावकारी बनाइनेछ ।
२६. देशको प्रशासनिक, सुरक्षा, प्राविधिक, प्राध्यापन, लगायत विभिन्न उल्लेखनीय योगदान गरी सेवा निवृत्त पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न प्रेरित गरिनेछ ।
२७. महानगरपालिकामा कार्यरत नगर प्रहरीको क्षमता विकास, उत्प्रेरणा तथा मनोबल अभिवृद्धि गर्दै आवश्यक सुरक्षा सामाग्रीको व्यवस्था र बिमा गरिनेछ । नगर प्रहरीको लागि छुट्टै ब्यारेक, दमकल, एम्बुलेन्स, विपद् व्यवस्थापन सहित एक व्यवस्थित एकीकृत सेवा प्रदान गर्ने कामका लागि हालको दमकल रहेको स्थानमा निर्माणाधीन भवन र संरचनाबाट विशेष र द्रुत सेवा प्रदान गरिनेछ ।
२८. संघ तथा प्रदेश सरकारको नीति अनुरूप ग्रामीण पर्यटन प्रवद्र्धन गर्न महानगरपालिकामा कार्यरत कर्मचारीहरूलाई एक हप्ताको पर्यटन काजमा पठाउने व्यवस्था मिलाइनेछ । आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पुग्ने गरी महानगरसँग मितेरी सहरको प्रस्ताव गर्ने अन्य सहर तथा पालिकासँग मितेरी सहरको सम्बन्ध विस्तार गर्दै लगिनेछ ।
२९. सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण गर्न तथा अतिक्रमण हटाउन स्थानीय प्रशासनको सहयोग तथा समन्वयमा विशेष अभियान सञ्चालन गरिनेछ । सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (एब्ःक्) मा सार्वजनिक सम्पत्तिको अभिलेख प्रविष्ट गरी व्यवस्थित गरिनेछ ।
३०. न्यायिक समितिको क्षमता विकास गर्दै न्याय सम्पादन प्रक्रियालाई थप निष्पक्ष, गुणस्तरीय र विश्वसनीय बनाउँदै लगिनेछ । न्यायमा नागरिकको पहुँच अभिवृद्धि गर्न नागरिकसँग न्यायिक समिति अभियानलाई विस्तार गरिनेछ । मेलमिलाप पद्धतिद्वारा विवाद समाधान गर्न प्रोत्साहित गर्दै मेलमिलापकर्ताहरूका लागि क्षमता विकास कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
३१. विपद् पूर्व जोखिम आंकलन, जोखिम पूर्व चेतावनी, विपद् प्रतिकार्य तयारी, विपद् जोखिम न्यूनीकरण रणनीति, पुनस्र्थापना र पुर्नलाभको लागि विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना (म्एच्ए) निर्माण गरी संघ र प्रदेशसँग समन्वयात्मक रूपमा कार्यान्वयन गरिनेछ ।
३२. विपद् जोखिम क्षेत्रहरूको नक्सांकन गरी भ्बचथि ध्बचलष्लन क्थकतझ स्थापना गरिनेछ ।  महानगरपालिका, सुरक्षा निकाय र अन्य सम्बन्धित क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको समन्वयमा तालिम प्राप्त दक्ष जनशक्ति सम्मिलित भ्बचथि ध्बचलष्लन क्थकतझ निर्माण गरी खोज, उद्धार र राहतका कार्य गरिनेछ ।
३३. भूमि समस्या समाधान आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई  क्रमशः व्यवस्थापन गर्दै लगिनेछ ।
३६. महानगरपालिकाको स्वामित्वमा रहेका जग्गा जमिन, भवन, सवारी साधन, फर्निचर, मेसिनरी औजार लगायतका सबै भौतिक सम्पत्तिलाई सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेखीकरण गरी व्यवस्थित गरिनेछ । सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाको स्वामित्व वा उपयोगमा रहेका भवन तथा जग्गालाई समेत नक्शांकन गरी यस प्रणालीमा आबद्ध गर्दै लगिनेछ ।
३७. महानगरपालिकाले निर्माण गरेका सडक, पुल, बसपार्क, पार्क, उद्यान, चौतारो, ढल निकास, खानेपानी तथा सिँचाइ संरचना, झोलुङ्गे पुल, सार्वजनिक भवन लगायतका सार्वजनिक सम्पत्तिहरूको पहिचान तथा नक्शांकन गरी सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेखीकरण गर्ने कार्यको थालनी गरिनेछ ।
३८. महानगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, खुला क्षेत्र, चोक, गल्ली, धार्मिक तथा सांस्कृतिक स्थल, पोखरी, ताल तलैया, ढुंगेधारा, खोला तथा पानीका मुहान, इनार, कुवा, धारा, कुलो तथा नहर, घाट, पाटी पौवा, सत्तल, धर्मशाला, ढल, नाला र सडकका दायाँ बायाँका रुख तथा नदी वा सार्वजनिक स्थानमा रहेको ढुङ्गा, गिट्टी, बालुवा एवं माटोजन्य बस्तु एवम् सार्वजनिक तथा ऐलानी जग्गामा रहेका काठ दाउरा, जरा जुरी, दहत्तर बहत्तर र सार्वजनिक, ऐलानी, पर्ती जग्गा एवम् सिमसार क्षेत्र तथा राष्ट्रिय वन बाहेक आफ्नो क्षेत्राधिकार भित्रको अन्य वन क्षेत्रको नक्सांकन गरी संरक्षण र उपयोगमा जोड दिने नीति लिइनेछ ।
३९. महानगरपालिका क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतबाट आर्जन गर्न सकिने राजस्व सम्भावनाको समेत अध्ययन गरी उपयोगमा ल्याउने र यी सम्पत्तिहरूलाई क्रमशः सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा आबद्ध गर्दै लगिनेछ । ओझेलमा परेका ऐतिहासिक महत्वका धार्मिक, सांस्कृतिक महत्वका स्थालहरुको पुनर्निर्माण तथा त्यसको महत्वलाई उजागर गर्ने नीति लिइनेछ ।
शिक्षा तर्फः
४०. संघीय सरकार तथा स्थानीय सरकारले तोकेका सर्त मापदण्ड तथा नक्साङ्कनका आधारमा सरकारी, गैरसरकारी, सामुदायिक वा संस्थागत लगानीमा बालमैत्री तथा पूर्वाधारयुक्त प्रारम्भिक बाल विकास केन्द्र तथा शिशु स्याहार केन्द्रको विकास गर्दै लगिनेछ । प्रारम्भिक बाल विकास केन्द्रमा अध्यापन गर्ने शिक्षकहरूलाई नवीनतम शैक्षणिक तालिमको व्यवस्था मिलाउँदै यस्ता केन्द्रमा अध्ययनरत बालबालिकाहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने आवश्यक सामग्रीहरूको व्यवस्था मिलाइनेछ। साथै सञ्चालन भइरहेका संस्थागत मन्टेश्वरीहरूको अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइने छ।
४१. सवैका लागि अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितताको लागि पहुँच र सहभागिता, संस्थागत क्षमता विकास, गुणस्तर अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । आधारभूत तहका बालबालिकाले आधा घण्टाको दुरी भन्दा बढी हिँड्न नपर्ने गरी विद्यालय नक्शाङ्कन, विद्यार्थी र शिक्षक अनुपातको आधारमा विद्यालय समायोजन र मिलानको व्यवस्था मिलाइनेछ ।
४२. गरिबीको रेखामुनि रहेका, विपन्न, दलित, सीमान्तकृत, पिछडिएका समुदायका बालबालिका र विद्यालय बाहिर रहेका सबै बालबालिकाहरूलाई विद्यालयको दायराभित्र ल्याउन तथा अध्ययनमा निरन्तरताको सुनिश्चित गर्न जनसहभागिता सहितको कार्यक्रम सञ्चालन गरिनेछ ।
४३. पुस्तकालय, बुक कर्नर जस्ता भौतिक र शैक्षिक पूर्वाधारलाई क्रमशः पूरा गर्दै लगिनेछ । भूगोल, धर्म, संस्कृति, मौलिक कला, रीतिरिवाज, मूल्यमान्यता, व्यापार व्यवसाय, पर्यटन लगायतलाई सम्बोधन गर्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिएको छ । यसलाई थप व्यवस्थित गर्दै सन्दर्भ सामग्री र पाठ्यपुस्तक समेतको व्यवस्था मिलाइनेछ ।
४४. महानगरमा सञ्चालित सबै सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिको विकास गरी सूचना प्रविधिको माध्यमद्वारा शिक्षण सिकाइलाई कमशः प्रवद्र्धन गर्दै लगिनेछ । माध्यमिक शिक्षामा सबैको पहुँच विस्तार गर्नुका साथै विद्यार्थीको रुचि र समाजको आवश्यकता अनुरूप माध्यमिक शिक्षामा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास र विस्तारमा जोड दिइनेछ । माध्यमिक विद्यालयमा भौतिक तथा शैक्षिक पूर्वाधार विकास, पठनपाठन प्रक्रिया तथा सिकाइ वातावरणमा सुधार गरी गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ ।
४५. शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र  उत्पादनलाई बजारसँग जोड्ने  उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठा बाटै व्यावसायिक ज्ञान र सिप प्रदान गर्ने संघीय सरकारको शिक्षा नीति अनुरूप महानगरपालिका भित्र सञ्चालित प्राविधिक धारका विद्यालयहरूलाई सोही अनुरूप गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ ।
४७. सबै सामुदायिक विद्यालयहरूमा डिजिटल सिकाइ सामग्रीको प्रबन्ध गरी विद्यार्थीलाई सहज ढङ्गले सिक्ने वातावरण सिर्जना गरिनेछ । साथै शिक्षकसँग साझेदारी गरी एक शिक्षक एक ल्यापटप कार्यक्रमलाई क्रमशः कार्यान्वयन गर्दै लगिने छ । क्mबचत एयपजबचब क्अजयय िएचयनचबm अन्तर्गत सामुदायिक विद्यालयमा म्ष्नष्तब िऋबिककचययm (स्मार्ट बोर्ड, प्रोजेक्टर, इन्टरनेट पहुँच) स्थापना गरिनेछ ।
४८. ‘हाम्रो विद्यालय हाम्रो जिम्मेवारी’ भन्ने भावनालाई जागृत गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, र अभिभावक बिच नियमित अन्तर्संवाद गरी सामुदायिक विद्यालय प्रतिको अपनत्वको भावना विकास गरिनेछ । शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका धार्मिक प्रकृतिका गुरुकुल, गुम्बा, मदरसा लगायतका संस्थाहरूको संरक्षण र सम्बद्र्धनमा जोड दिइनेछ ।
४९. विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई नजिकको ठुला विद्यालयमा समायोजन गरिने छ । विद्यालय समायोजनको कारणले साना विद्यार्थीहरूलाई विद्यालय पहुँचमा कठिनाइ भएमा महानगरपालिका र विद्यालयको साझेदारीमा यातायातको साधन खरिद गर्न आवश्यक प्रबन्ध मिलाइने छ । प्राविधिक शिक्षाका गतिविधिलाई प्रयोगात्मक, व्यवहारिक र समयानुकूल बनाउन शैक्षिक संस्थाले उद्योग, व्यापार, संघ, संस्था लगायतका कार्यस्थल र समुदायसँग सहकार्य र लागत साझेदारीको प्रबन्ध गरिनेछ ।
५०. प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरूमा आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुने गरी प्रत्यक्ष र अनलाइन शिक्षण एवम् प्रशिक्षण प्रणालीको विकास गरिनेछ । श्रम बजारको अध्ययन तथा अनुसन्धान गरी बजारको माग अनुसार नयाँ सीप र प्रविधिको विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेश सरकार र महानगरपालिकाको साझेदारीमा अभिभावक शिक्षा, विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिने छ ।
५१. युवाहरूलाई समाजप्रति जिम्मेवार, कर्तव्यनिष्ठ र प्रतिबद्ध बनाई समग्र विकास प्रक्रियामा प्रभावकारी परिचालन गरिनेछ । युवालाई उद्यमशीलता र व्यवसायीक खेलकुद प्रति प्रोत्साहित गरिनेछ । खेल गतिविधिहरूको वार्षिक क्यालेन्डर बनाई तदनुरूप कार्यक्रम सञ्चालन गरिनेछ । नगर क्षेत्रमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिहरूमा साझेदारी गर्दै खेलकुदका कार्यक्रमहरू पोखरामा आयोजना गर्न प्रोत्साहन गरिनेछ ।
५२. कला, साहित्य र सृजनाको सहर पोखरामा रहेका स्रष्टाहरूको योगदानको स्मरण गर्दै भ्रमण वर्षको सन्दर्भमा वृहत साहित्य उत्सव आयोजना गरिनेछ । नवप्रतिभाको पहिचान गरी उन्नयनमा योगदान पुग्ने प्रभावकारी कार्यक्रमहरूमा जोड दिइनेछ । जीवन्त कलामा आधारित नाट्य क्षेत्रको विकास र प्रवद्र्धनका लागि आवश्यक सहकार्य गरिनेछ ।
५३. मर्यादित एवम् व्यवस्थित परीक्षा प्रणाली मार्फत दक्ष जनशक्ति उत्पादनको खुड्किलोको रूपमा कक्षा ८ को परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन र नतिजा प्रकाशन सुरुवात गरिएको छ । आर्थिक वर्ष २०८२।०८३ देखि कक्षा ५ को परीक्षा समेत स्तरीय प्रश्न पत्र निर्माण गरी सञ्चालन गरिनेछ।
५४. विशेष प्रकृतिका बालबालिकाहरूको शिक्षा आर्जन गर्न पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गरिनेछ । श्रवणदृष्टीविहिन, दृष्टिविहीन, बहिरा बालबालिकाहरूको लागि सञ्चालित विद्यालयहरूको व्यवस्थापनमा सुधार गरिनेछ । आर्थिक वर्ष २०८२।०८३ देखि थप २ वटा अटिजम र मस्तिष्क पक्षाघातका स्रोत कक्षाहरू सञ्चालन गरिनेछ ।
५५. पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सिकाइ केन्द्रहरूलाई थप व्यवस्थित गर्दै आगामी दिनमा उक्त केन्द्रलाई सिकाइ अध्ययन केन्द्रका अलवा सिपमूलक तालिम प्रदायक संस्थाको रूपमा विकास गरी बेरोजगार युवायुवतीहरूलाई आयआर्जन सम्बन्धी सिपमूलक तालिम सहित जीविकोपार्जन तर्फ उन्मुख गराइनेछ ।
५६. डिजिटल साक्षरता प्रवद्र्धन गरी विद्यार्थीहरूका लागि सिक्दै कमाउँदै Learn & Earn कार्यक्रम आर्थिक वर्ष २०८२।०८३ बाट शुभारम्भ गरिनेछ । वडा स्तरीय सामुदायिक सिकाई केन्द्र मार्फत अनौपचारिक शिक्षा र सीप विकास प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
५७. गण्डकी बहु प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई निजी क्षेत्रसँगको सहकार्यमा व्यावसायिक इन्टर्नसिप र प्रशिक्षण प्रदान गरी कारखाना सञ्चालन, अटो मेकानिक्स लगायत विषयमा पढ्दै–कमाउँदै को अवधारणा मार्फत सीप र रोजगार योग्यता अभिवृद्धि गरिनेछ ।
स्वास्थ्य तर्फः
५८. आधारभूत स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउन सेवा प्रदायक र सेवाग्राही बिचको असन्तुलन घटाई दक्ष स्वास्थ्यकर्मीद्धारा निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
५९. निःशुल्क वितरणका लागि तोकिएका औषधी तथा स्वास्थ्य सामाग्री नियमित आपूर्ति गर्न खरिद योजना बनाई खरिद प्रक्रियालाई योजनाबद्ध तथा पारदर्शी बनाई नियमित आपूर्तिको सुनिश्चितता गरिनेछ ।
६०. जनसंख्या, भूगोल र सेवा उपलब्धताको आधारमा स्वास्थ्य संस्थाहरूको पुनर्संरचना गरी रणनीतिक स्थानहरूमा उपचारात्मक, प्रवद्र्धनात्मक तथा निदानात्मक सेवा विस्तार गर्न चिकित्सक सहित स्वास्थ्य सस्ताहरूको सेवा स्तरोन्नति गरिने छ ।
६१. ‘घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम’ मार्फत अशक्त, दिर्घरोगी तथा सुत्केरी महिलाहरूलाई घरमै गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने छ । नसर्ने रोगहरूको बढ्दो समस्यालाई समाधान गर्न ४० वर्ष माथिका सबै नगरवासी हरूलाई कम्तीमा वर्षको एक पटक नसर्ने रोग सम्बन्धी स्क्रीनिङ, परामर्श, उपचार र प्रेषण सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
६२. महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोकथामका लागि तोकिएका स्वास्थ्य संस्थाहरूबाट प्राथमिकताका साथ नियमित रूपमा निःशुल्क स्क्रिनिङ तथा सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
६३. डेंगु, औलो, जुनेटिक लगायत सरुवा रोगहरू तथा महामारी नियन्त्रण तथा रोकथामका लागि संस्थागत क्षमता अभिवृद्धि गर्दै सबै प्रकारका विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी योजना निर्माण गरी श्रोत साधन सहितको प्रतिकार्य समूह गठन तथा परिचालन गर्ने व्यवस्था मिलाइनेछ ।
६४. महानगर अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा रहेको जनशक्ति व्यवस्थापनलाई चुस्त दुरुस्त पार्दै रिक्त पदमा पदपूर्तिको व्यवस्था मिलाइने छ । महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट दिइने सेवाको विवरणलाई डिजिटल माध्यमबाट राख्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
६५. मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी मनोसामाजिक परामर्श, उपचार तथा प्रेषण प्रणालीको स्थापना गरिने छ। जसका लागि चिकित्सक सहितका स्वास्थ्य संस्थाहरूमा परामर्शदाताको व्यवस्था गरिनुका साथै समुदाय स्तरमा आत्महत्या रोकथाम लगायतका विविध मानसिक स्वास्थ्य समस्या समाधान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
६६. शिशुवा अस्पतालको स्वीकृत इ ७ ः सर्वेक्षण प्रतिवेदन अनुसार विशेषज्ञहरू थप गरी सेवा सञ्चालनका सहित महानगर स्तरीय नमुना अस्पतालका रूपमा विकास गरिनेछ । अस्पतालको मौजुदा भवन तथा जग्गा अपुग भएकाले महानगर अस्पताल स्थापनाका लागि साबिक लेखनाथ नगरपालिकाको कार्यालय भवन र परिसरमा थप सेवाका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने नीति लिइनेछ ।
६७. आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई स्वास्थ्य सेवाको मूलधारमा एकीकरण गर्दै समुदायको सहभागितामा योगाभ्यास, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, स्थानीय जडीबुटीहरूको उत्पादन, प्रशोधन, प्रयोग, प्रवद्र्धन सहितका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी विविध कार्यक्रमहरूलाई निरन्तरता दिइने छ । पोखरा १८ स्थित शहिदपार्क क्षेत्रमा जडीबुटी रोपण गरी उक्त स्थानलाई जडीबुटी प्रदर्शनी, अध्ययन अवलोकन, प्रशिक्षण स्थलका रूपमा विकास गरिनेछ ।
६८. पोखरा ८ सृजना चोकमा रहेको योग कक्षलाई महानगरीय आयुर्वेद तथा योग प्रवद्र्धन केन्द्रको रूपमा स्तरोन्नति गरिनेछ । केन्द्र मार्फत सवैका लागि आधारभूत योग तथा चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि रोग अनुसारको योग प्रशिक्षण सञ्चालन गर्नका लागि उपयुक्त स्थानमा सुविधायुक्त योगहल निर्माण गरिनेछ ।
६९. मद्यपान, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री वितरणलाई प्रभावकारी नियमन गर्नका लागि आवश्यक व्यवस्था मिलाइनेछ । महानगर क्षेत्र भित्र आपूर्ति हुने खानेपानी शुद्धताका लागि खानेपानीको गुणस्तर जाँच, अनुगमन तथा प्रभावकारी नियमनको व्यवस्था सहित खानेपानी गुणस्तर परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।
७०. संघ तथा प्रदेश सरकारसँग समन्वय गरी तरकारी, फलफूल लगायतका खाद्यपदार्थमा हुने मिसावट र विषादी प्रयोगको नियमन र नियन्त्रण गरिनेछ । निजी स्वास्थ्य संस्था तथा औषधी पसलहरूको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
७१. महानगर क्षेत्रभित्रका सबै सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले नियमानुसार १० प्रतिशत शैया गरिब, असहाय तथा विपन्नहरूका लागि निःशुल्क उपलब्ध गराउनु पर्ने व्यवस्थालाई प्रभावकारी रूपमा लागु गराइने छ । सेवा प्रदायकहरूले प्रदान गरेको सेवा विवरण (तथ्याङ्क) स्वास्थ्य महाशाखामा नियमित अद्यावधिक गर्ने व्यवस्था मिलाइने छ ।
७२. जलनका बिरामीहरूको उपचारका लागि पोखरा–१५ नयाँ गाउँ स्थित हरियो खर्क अस्पतालमा डेडिकेटेड बर्न युनिट (म्भमष्अबतभम द्यगचल ग्लष्त) सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम पाइलोटिङ्को रूपमा सुरुवात गरिनेछ । अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्यमा सुधारका लागि नियमित थेरापी कार्यक्रम सञ्चालन गरिनेछ ।
७३. मानवता प्रवद्र्धनको महाअभियान सञ्चालन गरिरहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने छ ।
७४.महानगरपालिकाको पाश्र्व चित्र निर्माण भइसकेको र सो अनुसार गरिबिको रेखा मुनी रहेका विपन्न घरपरिवारहरूलाई निःशुल्क स्वास्थ्य बिमा लगायत सामाजिक सुरक्षाका कार्यक्रमहरूमा समावेश गर्ने नीति लिइनेछ । स्वास्थ्य बिमाबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त बनाउन आवश्यक समन्वय गरिने छ ।
सामाजिक विकास तर्फः
७५. महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरणको लागि उप–प्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिइनेछ । महिला हिंसा तथा कुरीतिजन्य प्रचलन (बालविवाह, बहुविवाह, घरेलु हिंसा, बलात्कार, बेचबिखन, बोक्सी आरोप) लगायत हिंसा विरुद्ध अभियानहरू संचानल गरिनेछ । पीडित प्रभावितका लागि तत्काल उद्धार, राहत र पुनस्र्थापना सहित प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
७६. यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई सामाजिक समावेशीकरणको मर्म अनुरूप आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
७७. मानव सेवा आश्रमको मानवता प्रवद्र्धन महाअभियानमा सहकार्य गरिनेछ । साथै  पोखरा महानगरपालिका क्षेत्रलाई सहायोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउन सडक मानवको उद्धार, संरक्षण र पुनस्र्थापनामा संलग्न संघसंस्थासँग समन्वय र सहकार्य गरी विक्रम संवत् २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने नेपाल सरकारको घोषणा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिनेछ ।
७८. बाल मञ्च, बाल सञ्जाल तथा बाल क्लबहरूको गठन तथा परिचालन गर्दै बाल सहभागिता, बाल सक्रियता र बालबालिकाहरूको व्यक्तिगत तथा नेतृत्व क्षमताको विकास गरिनेछ । भौतिक पूर्वाधार र निर्माण सम्बन्धी योजनाहरू बालमैत्री र पहुँचयुक्त बनाउन आवश्यक कार्य गरिनेछ ।
७९. अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँचका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । नगर क्षेत्रका खुला सार्वजनिक स्थानहरूमा वालमैत्री पार्कहरू निर्माण गरिनेछ ।
८०. अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण गरी लगत राख्ने तथा अपाङ्गता परिचय पत्र वितरण कार्यलाई डिजिटाईज गरिनेछ । अपाङ्गता भएका व्यक्ति तथा व्यक्तिका परिवारहरूको जीवनस्तरमा सुधार ल्याउन सीप विकास तथा व्यवसायमूलक कार्यक्रमहरूलाई जोड दिइनेछ ।
८१. ज्येष्ठ नागरिकहरूलाई उचित सम्मान र प्रोत्साहन गर्ने नीति अनुरूप ज्येष्ठ नागरिक हेरचाह केन्द्र तथा दिवा सेवा केन्द्र, वृद्धाश्रम र मिलन केन्द्रहरूको व्यवस्थापन गर्दै लगिनेछ ।
८२. मानव विकास सूचकाङ्कको दृष्टिकोणबाट पछाडि परेका आदिवासी/जनजाति/दलित/मुस्लिम र अल्पसंख्यक समुदायको लागि सचेतनामूलक कार्यक्रम, व्यावसायिक तालिम तथा स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गरी जीविकोपार्जनमा सुधार गर्ने नीति लिइनेछ ।
८३. गैरसरकारी संस्थालाई महानगरपालिकाले अगाडी सारेका नीति कार्यक्रम तथा प्राथमिकताको क्षेत्रमा काम गर्न प्रोत्साहन गरिनेछ । गैरसरकारी संस्थाहरूको आवश्यक नियमन, अनुगमन र सुपरिवेक्षण गरी महानगरपालिकाको विकास साझेदार संस्थाको रूपमा अघि बढाउने नीति लिइनेछ ।
८४. महानगर क्षेत्रभित्र रहेका सामाजिक संस्थाहरू टोलबिकास संस्था, युवा क्वल, आमा समूह, सहकारी लगायत सामुदायिक संस्थाहरूलाई विकासका साझेदारको रूपमा अगाडी बढाइनेछ ।
८५. महानगरपालिकाको उपलब्ध स्रोतलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्संख्यक लगायत सीमान्तकृत समुदायको आर्थिक एवम् सामाजिक सशक्तीकरणमा केन्द्रित गर्नका लागि बजेटको कम्तीमा १० प्रतिशत रकम त्यस्ता समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमको निमित्त विनियोजन गर्ने नीति अवलम्बन गरिनेछ ।
८६. सबै वडा कार्यालयहरूमा श्रम डेस्क स्थापना गरी श्रम, समय, सीप, उत्पादन र उद्यमशीलतामा आधारित महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । गृहिणी महिलाहरूलाई  उद्यमशीलता, नेतृत्व र सामाजिक सुरक्षामा प्रोत्साहन गर्दै आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
८७. पोखरा महानगर भित्र सञ्चालित व्यवसायीक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान, बैङ्क तथा वित्तीय संस्था र सहकारी संस्थाहरूको वार्षिक रूपमा सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तरगतको रकम महानगर मातहतका कार्यलयहरुसँगको समन्वयमा आवश्यकता अनुसार खर्च गर्ने व्यवस्था गरिनेछ ।
पूर्वाधार विकास तर्फ ः
८८. वडा केन्द्र जोड्ने कनेक्टिङ सडक र सहरी सडकहरूलाई क्रमशः अस्फाल्ट, कङ्क्रिटमा स्तरोन्नति गर्दै लगिने छ । बजार क्षेत्रका मुख्य चोकहरूमा ट्राफिक जाम कम गर्नका लागि फ्लाईओभर र अन्डर पास निर्माणका लागि अध्ययन गरिनेछ । नगर क्षेत्रका सडकहरूलाई अपाङ्ग तथा जेष्ठनागरिकमैत्री बनाउँदै लगिने छ ।
८९. पोखरा सभागृह र बसपार्क निर्माण कार्यको सम्भाव्यता अध्ययन गर्ने कार्य भइरहेकोमा आगामी आर्थिक वर्ष नगर विकास कोषसँगको सहकार्य साझेदारीमा कार्यान्वयनमा लगिने छ । पोखरा बसपार्कलाई सिटी बसपार्कका रूपमा विकास गरिनेछ ।
९०. रणनीतिक महत्वका सडक तथा पुल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ । जीर्ण भौतिक पूर्वाधारहरूको नियमित मर्मत तथा सम्भार गरी सार्वजनिक सम्पत्तिको संरक्षण गरिनेछ । फिर्के खोलामा कोरिडोर निर्माणको प्रक्रिया अघि बढाइने छ । ग्राउन्ड क्रेज, हाइड्रोजन र जलवायु परिवर्तनका कारण हाल भइरहेको नालाहरूले बर्सातको पानी थेग्न नसकेका कारण आवश्यकताका आधारमा नालाहरूको स्तरोन्नति गर्दै लगिने छ ।
९१. सहरी सडकहरूलाई क्रमशः ब्कउजबतिरऋयलअचभतष्लन गर्दै लगिनेछ । भित्री र ग्रामीण सडकहरूको च्यगतष्लभ ःबष्लतष्लभलअभ कार्यक्रम सञ्चालन गरिनेछ । भौतिक पूर्वाधारहरूको गुणस्तरीयता कायम गर्न भइरहेको सिभिल ल्याबलाई आवश्यक जनशक्ति सहितको आधुनिकीकरण एवम् व्यवस्थित गरिनेछ ।
९२. महानगरपालिकाको सेवा सुचारु र एकीकृत गर्न आफ्नै अत्याधुनिक प्रशासकीय भवन निर्माणको  प्रक्रिया अगाडि बढाइनेछ । महानगरका–३३ मध्ये ३१ वटा वडा कार्यालयहरूले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेकोमा बाँकी २ वटा वडाहरूको समेत भवन निर्माण प्रक्रिया अघि बढाइनेछ ।
९३. महानगरभित्रका प्रत्येक घरमा नेपाल गुणस्तर मापदण्ड अनुरूपको स्वच्छ खानेपानी उपलब्ध गराउने नीति लिइनेछ । यसका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा लगानी साझेदारी गरी खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ । नगरवासीलाई स्वच्छ खानेपानी वितरणका लागि एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइनेछ । खानेपानीको प्राकृतिक मुहानहरूको संरक्षण, मर्मत र पुन भरण अभियान सञ्चालन गरिनेछ ।
९४. पोखरा महानगरपालिकाबाट छिमेकी पालिकाहरूलाई प्रदान गरिँदै आएको सहयोगलाई महानगरको आर्थिक, सामाजिक र भौगोलिक क्षेत्र विकासमा टेवा पुर्‍याउने पूर्वाधार निर्माणमा परिचालन गर्ने नीति लिइनेछ ।
Parichaya new
शहरी विकास, पर्यटन, वन तथा वातावरण तर्फः
९५. पोखरा महानगरपालिकाको व्यवस्थित विकासका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन गुरुयोजना तयार गरी लागु गर्न आवश्यक अध्ययन कार्य प्रारम्भ गरिनेछ ।
९६. पोखरा उपत्यकाको चारै तर्फबाट पोखरा प्रवेश गर्ने मुख्य नाकाहरू वडा नं.२१,२२ को दोपहरे रामादी र पुम्दी क्षेत्र, वडा नं.३३ को पुँडीटार, वडा नं.३२ को लामेआहाल, वडा १३ को आर्वा फेदी, वडा नं.३१ को माझीकुना क्षेत्र, वडा नं.२५ को हेमजाक्षेत्र र वडा नं.१९ को लामाचौर क्षेत्रहरूमा स्याटलाइट सिटी Satlleite Town निर्माण गर्न आवश्यक अध्ययन गरिनेछ। यी नाकाहरूमा साना टर्मिनल बसपार्कहरू तथा लामेआहालमा मुख्य टर्मिनल निर्माण गर्न ब्म्द्यरप्इक्ष्ऋब् को साझेदारीमा परियोजना सुरु गरिनेछ ।
९७. ठुलो लगानी आवश्यक पर्ने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवद्र्धनमा योगदान गर्ने र निजी क्षेत्र आकर्षित हुने आयोजनाहरूलाई सार्वजनिक निजी साझेदारी (एएए) अवधारणामा सञ्चालन गर्न विशेष जोड दिइने छ । अत्याधुनिक फोहोर मैला प्रशोधन केन्द्र निर्माण कार्यलाई आर्थिक वर्ष २०८२।८३ देखि कार्यान्वयन गरिनेछ ।
९८. पोखरा–१८ शहिदपार्कमा जडीबुटी प्रशोधन एवं आयुर्वेदिक औषधी उत्पादनको कार्यलाई (एएए) अवधारणामा सञ्चालन गर्न आवश्यक अध्ययन गरिनेछ । सानिसा अवधारणमा सञ्चालन हुने योजनाहरूको आशय एवं प्रस्ताव पत्र आव्हान गरी विन्ध्यवासिनी बसपार्क दोविल्ला छटिघाट, तालहरू संरक्षण तथा सौन्दर्यीकरण, बौद्धकालिका पर्यटन पूर्वाधार, पोखरा प्रवेश पार्क लगायत योजनाहरू अगाडि बढाइनेछ ।
९९. KOICA/UNDP को सहयोगमा सञ्चालित Green Job Creation through Recycling and Upcycling (GCRU) परियोजना अन्तर्गत हरित रोजगारी सिर्जना र आयआर्जनमा जोड्दै समुदायस्तर मै फोहरमैला व्यवस्थापन कार्यलाई व्यवस्थित गरिनेछ। Urban Resilience Livability Improvement  Project URLIP cGtu{t Pokhara Drainage Road Footpath and Qmreet Improvement,  Panchase Eco Development and Access, Old Pokhara Heritage Conservation, Raniban Eco Trail and Fewa Lake Improvement, Shanti Ban Batika Botanical Garden, Seti Gorge Skywalk and Ki Sing Pool, Airport to Lakeside Fast Track लगायतका दीर्घकालीन महत्व बोकेका परियोजनाहरू सञ्चालन गरिनेछ ।
१००. नक्सापास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली Eectronic Buliding Permit System (EBPS) क्थकतझ ९भ्द्यएक्० लाई थप प्रभावकारी रूपमा प्रयोगमा ल्याइनेछ । Digital Signature आर्थिक वर्ष २०८२।०८३ देखि कार्यान्वयनमा ल्याइनेछ । जग्गा विकास कार्यविधि लागू गरी न्यूनतम भौतिक पूर्वाधार सहितको विकसित आभास क्षेत्र तयार गर्न प्रोत्साहित गरिनेछ ।
१०१. महानगरक्षेत्रभित्र मनाइने परम्परागत जात्रा, पर्व, मेला, पूजा, जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरूको मुख्य परिचयात्मक विवरण समेटी पोखरा महानगरको सांस्कृतिक प्रोफाइल (Cultural Proflie of Pokhara City) तयार गरिनेछ ।
१०२. महानगरका मुख्य सहरी क्षेत्रभित्र रहेका बसस्टपहरुमा यात्रीहरूको सूचनाका लागि कोरियन प्रविधिकोDigital Bus Terminal जडान गरिनेछ । नगर क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातलाई वातावरणमैत्री हरित यातायात प्रणालीको विकासका लागि विकास साझेदारसँगको सहकार्यमा प्रवद्र्धन गरिनेछ । विद्युतीय सवारीको प्रोत्साहनका लागि विद्युत् प्राधिकरणसँगको सहकार्यमा आवश्यक स्थानमा चार्जिङ् स्टेसनहरू निर्माण गरिनेछ । बढ्दो सवारी चापलाई मध्यनजर गरी मास ट्रान्सपोर्टेसन प्रणाली प्रवद्र्धन गरिनेछ ।
१०३. सुरक्षित महानगरको प्रत्याभूतिका लागि व्यस्त चोकहरूमा सुरक्षा निगरानी गर्न नेपाल प्रहरीसँगको सहकार्यमा सिसिटिभी जडान गर्ने कार्यलाई निरन्तरता दिइनेछ । ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा सवारी पार्किङ र ट्राफिक लाइट व्यवस्थापनलाई चुस्त बनाइनेछ । महानगर क्षेत्रभित्र सम्भाव्य खुला पार्किङ स्थलको पहिचान गरी डिजिटल पार्किङ व्यवस्थापन गरिनेछ ।
१०४. फेवातालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय ड्रागन बोट रेस, ट्रायोथलन, स्ट्रिम ट्रायोथलन, बेगनास तालमा हुने राष्ट्रिय ड्रागन बोट रेस, क्रसकन्ट्री दौड, इन्ड्युरो साइकल रेस, प्याराग्लाइडिङ लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई मैत्री खेलका रूपमा रूपमा विकास गरी निरन्तरता दिइनेछ ।
१०५. पर्यटकीय राजधानी पोखराको सौन्दर्यीकरण अन्तर्गत मुख्य सडकहरूमा टेक्टाइल मार्ग स्पर्श साङ्केतिक मार्ग निर्माण र सडक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइनेछ । पुराना तथा ऐतिहासिक महत्वका चौतारी, मठमन्दिर र पोखरीहरूको संरक्षण एंव् सम्र्वद्धन अभियान सञ्चालन गरिनेछ । सम्पूर्ण सम्पदाहरूको परिचय खुल्ने गरी क्युआर स्क्यान मार्फत अध्ययन गर्ने व्यवस्था मिलाइनेछ ।
१०६. पोखरालाई स्वच्छ हराभरा बनाई हरित सहरका रूपमा विकास गर्नClean City Green City  परियोजना सञ्चालन गरी वृक्षारोपण तथा संरक्षण अभियानलाई निरन्तरता दिइनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन गर्न हालसम्म भएका प्रयासहरूको समीक्षा गर्दै संघ, प्रदेश सरकारसँगको सहकार्य र समन्वयलाई प्रभावकारी बनाइनेछ ।
१०७. महानगर क्षेत्रभित्र पर्ने सबै ताल तलैयाहरूको संरक्षण, विकास र प्रवद्र्धनको लागि एकीकृत विकास आयोजना तथा कार्यक्रम अघि बढाइनेछ । फेवा, वेगनासताल लगायत ताल तलैयाहरूको जलाधार क्षेत्रमा प्राकृतिक श्रोतहरू तथा पञ्चासे कालीलेक लगायतका जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण ताल तलैया लगायत क्षेत्रहरूको दिगो संरक्षण तथा प्रवद्र्धनका लागि प्रकृतिमा आधारित समाधान –Nature Based Solution_ तथा पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन Ecosystem Based Adaption_ प्रणाली अवलम्बन गरिनेछ ।
१०८. संघ, प्रदेश तथा स्थानीय संघसंस्थाहरुसँगको सहकार्य, समन्वय तथा सहयोगमा शान्ति, सुरक्षा, स्तरीय पूर्वाधार तथा पर्यटकीय सेवाको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी पोखरालाई उत्कृष्ट पर्यटकीय राजधानीका रूपमा स्थापित गर्न आवश्यक कार्य गर्दै लगिनेछ ।
१०९. पोखरा भ्रमण वर्ष–२०२५ लाई थप प्रभावकारी बनाउन प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । प्रकृतिमा हराउनुहोस्, संस्कृतिमा रमाउनुहोस् भन्ने मान्यताका साथ Slow Tourism प्रवद्र्धन गर्दै आकर्षक टुर प्याकेज तयार गरी पोखरालाई प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गरिनेछ । पोखरालाई आरोग्य र ध्यान पर्यटनको आकर्षक स्थलको रूपमा प्रवद्र्धन गरिनेछ । टुर गाइडहरूको क्षमता अभिवृद्धि तथा परिचालन गरी पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिनेछ । दिगो, आय तथा रोजगारमूलक, प्रविधि र वातावरणमैत्री पर्यटन नीति अवलम्बन गरिनेछ ।
११०. दिगो पर्यटन प्रवद्र्धन गरी आय वृद्धि गर्न गुणस्तरीय पर्यटनमा जोड दिइनेछ । महानगरका प्रमुख पर्यटकीय क्षेत्रहरूमा सञ्चालनमा रहेका होटलहरुको क्षमता विकासका लागि पहल गरिनेछ । पर्यटकहरूको सेवाका लागि दक्ष पथप्रदर्शकहरू उत्पादनमा जोड दिइने छ ।
१११. सहरी सुन्दरता अभिवृद्धि गर्न घनावस्ति क्षेत्रमा रहेका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई निश्चित क्षेत्र तोकी स्थानान्तरण गर्न सहुलियत प्रदान गरिनेछ । तोकिएको अवधि र क्षेत्रमा स्थानान्तरण नगर्ने व्यवसायीहरूलाई कानुनी दायरामा ल्याइनेछ ।
११२. पोखरा–१०, रामघाटमा निर्माण भएको शवदाहगृहलाई सहरी विकास मन्त्रालयसँग समन्वय गरी हस्तान्तरणको व्यवस्था मिलाइनेछ । राम घाट क्षेत्रमा भइरहेको अव्यवस्थित शव दहन कार्यलाई कानुनी व्यवस्था मिलाई व्यवस्थित गरिनेछ । नगर क्षेत्रका अन्य घाटहरूलाई समेत दाहसंस्कारमैत्री बनाइनेछ ।
११३. पोखरा महानगरपालिका भित्रका ग्रामीण सडकहरूको दायाँबायाँ सम्भाव्य स्थानमा अम्रिसो तथा डाले घाँस, निगालो र बाँस लगायत बिरुवाहरू लगाई पहिरो तथा माटोको क्षयीकरण रोकिनेछ । ग्रामीण क्षेत्रका वडाहरूमा विकासका विशेष प्याकेजहरू सञ्चालन गरिनेछ ।
११७. सहरी सौन्दर्ययतामा आँच आउने गरी होर्डिङ बोर्डहरू राख्ने कार्यलाई निरुत्साहन गरिनेछ । प्लास्टिकजन्य वस्तुहरूको प्रयोगलाई न्यूनीकरण गर्दै वातावरणीय प्रर्दुषण रोकथामलाई प्रोत्साहन गरिने छ । महानगर क्षेत्र भित्र वैकल्पिक इन्धनको उपयोगलाई प्रोत्साहित गर्दै लगिनेछ ।
११४. पोखरा उपत्यकाका तालहरूको संरक्षण, विकास र समुचित उपयोगका लागि अधिकार सम्पन्न पोखरा ताल विकास प्राधिकरण गठन गरिनेछ । पोखराको लाइफलाइनको रूपमा रहेका तालहरूलाई संरक्षण तथा विकासमा क्रियाशील बनाउँदै दिगो समाधानमा प्राधिकरणलाई प्रभावकारी परिचालन गरिनेछ ।
११५. पोखराको पहिचान बोकेका तालहरूलाई विगत ३०/४० वर्षअघिको अवस्थामा फर्काउन अत्याधुनिक प्रविधिको प्रयोग गरी तालहरूको सरसफाइ गरिनेछ । तालमा रहेका लेउ र जलकुम्भी झार नियन्त्रणका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आगामी आर्थिक वर्षदेखि पाइलट परियोजना सुरु गरिने छ ।
११६. तालहरूमा जलकुम्भी झारको अतिक्रमण नियन्त्रण गर्न निजी क्षेत्रको सहकार्यमा व्यवस्थित चक्रीय अर्थतन्त्रको योजना कार्यान्वयन गरिनेछ । निकालिएको जलकुम्भीबाट निजी क्षेत्रको सहकार्यमा सीमान्तकृत समुदायलाई सीपमूलक तालिम प्रदान गरी हस्तकला सामग्री उत्पादन तथा रोजगारी सृजना गरिनेछ । यस्ता उत्पादनलाई निजी क्षेत्रको सहकार्यमा महानगरको कोसेली घर तथा स्थानीय बजार मार्फत बिक्री–वितरण गरी स्थानीय अर्थतन्त्र सुदृढ गरिनेछ ।
११७. दाउराको प्रयोग न्यूनीकरण गरी वातावरण संरक्षण गर्न यस्ता घरपरिवारलाई इन्डक्सन चुलो वितरण गरिनेछ । विभिन्न गैरसरकारी तथा निजी निकायसँगको समन्वयमा १५ एम्पियरको विद्युतीय वायरिङ र ट्रान्सफर्मर व्यवस्थापनमा सहुलियत प्रदान गरी वायु प्रदूषण न्यूनीकरण र स्वच्छ ऊर्जा उपयोगलाई प्रोत्साहन गरिनेछ । जैविक फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा उत्पादन र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन पशुपालन गर्ने किसानलाई उन्नत बायो ग्यास प्रविधि प्रदान गर्न प्रोत्साहन गरिनेछ।
११८. पोखराको पर्यटन क्षेत्रलाई विविधीकरण गरी पर्यटकको संख्या बढाउन पोखरामा माइस टुरिजमको प्रवद्र्धन गरिनेछ । पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूको हबको रूपमा विकास गर्दै आर्थिक वृद्धि र विश्वव्यापी दृश्यतामा योगदान पुर्‍याउने नीतिका साथ यस्ता कार्यक्रमहरू आयोजना गर्न प्रोत्साहन गरिनेछ ।
११९. सहरी क्षेत्रमा हुने ट्राफिक जाम कम गर्दै क्षेत्रीय कनेक्टिभिटी बढाउन सन्तुलित सहरी विकासको अवधारणा अनुरूप पोखरा चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य आरम्भ गरिनेछ। पोखरा चक्रपथ निर्माण योजनालाई महानगर गौरवको योजनाका रूपमा प्राथमिकता साथ क्रमशः कार्यान्वयन गरिनेछ ।
१२०. सार्वजनिक यातायात सेवालाई सवारी साधनको मापदण्ड कायम गरी एकद्धार प्रणालीमा सञ्चालनको व्यवस्था मिलाइनेछ । नगर क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधानहरु वातावरणमैत्री (इलेकट्रोनिक सवारी) सवारी साधन मात्र दर्ता हुने गरी आवश्यक कानुनी व्यवस्थाका लागि प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
१२१. जग्गा नाप जाँच (हालसाबिक) गर्ने कार्य समयमा नै सम्पन्न नहुँदा नागरिकलाई पर्न गएको असुविधालाई मध्यनजर गरी लेखनाथ क्षेत्रतर्फ हालसाबिक गर्ने कार्य संघीय कार्यालयसँगको साझेदारीमा अगाडी बढाइनेछ ।
१२२. आवधिक योजनालाई वार्षिक बजेटसँग तादम्यता मिलाउन मध्यमकालीन खर्च संरचना र आयोजना बैङ्क दिग्दर्शन स्वीकृत गरी लागु गरिनेछ ।
१२३. आवधिक योजनाको लक्ष्य प्राप्तिका लागि वार्षिक विकास कार्यक्रम तर्जुमा गर्ने, विनियोजन दक्षता वृद्धि गरी तयारी पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने समेतका योजना व्यवस्थापन कार्यका लागि आयोजना बैङ्क स्थापना गरी कार्यान्वयनमा लगिनेछ ।
१२४. सुदृढ परियोजनाको सहयोगमा तयार भएको जोखिम संवेदनशील भू–उपयोग योजना क्रमशः कार्यान्वयन गरिनेछ ।
१२५. नदी तथा खोलाहरूमा नदीजन्य सामाग्रीहरू सङ्कलन गर्दा अत्याधिक दोहनका कारण भूक्षय बाढी पहिरो जस्ता जोखिम बढ्दै गइरहेकाले वातावरणीय अध्ययन प्रतिवेदन औँल्याएका सबै क्रियाकलाप अनिवार्य कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुका साथै प्रभावकारी नियमन गरिनेछ ।
१२६. पोखराको सभ्यताको रूपमा रहेको सेतिनदि गल्छीको पारिस्थितिक प्रणालीको अध्ययन गरी उचित संरक्षण र दिगो उपयोग गर्ने नीति लिइनेछ । पोखरा महानगरपालिका अन्तरगत रहेका सहरी, सामुदायिक लगायत सबै प्रकारका वनहरूको उचित व्यवस्थापन र दिगो उपयोग गर्ने नीति लिइनेछ।
१२७. महानगर भित्रका न्यून आय भएका नागरिकको सुरक्षित तथा व्यवस्थित आवास निर्माणका लागि आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिइनेछ । Afordable Housing Project अन्तर्गत न्यून आय भएका परिवारहरूका लागि बहु–तल्ले सस्तो आवास निर्माण गरिनेछ । यसका लागि बैङ्क सहुलियत कर्जा र सार्वजनिक–निजी साझेदारी (एएए) मोडेल मार्फत वित्तीय पहुँचको व्यवस्था गरिनेछ ।
१२८. Pokhara Retired Cife Apartment Scheme अन्तर्गत पोखरालाई आन्तरिक तथा अन्तर्राष्ट्रिय रिटायर्ड नागरिकहरूको लागि सुरक्षित, स्वास्थ्यमैत्री र जीवनशैली अनुकूल , Roof Garden, Walking Trail का रूपमा विकास गरिनेछ । अपाङ्गमैत्री र सीनियर सिटिजन मैत्री अपार्टमेन्टमाMini Health Center, २४ घण्टा हेल्थ हेल्पलाइन, योग, ध्यान, व्यायाम हल, पुस्तकालय,Roof Garden, Walking Trail र सेवा सुविधाहरू समावेश गरिनेछन् ।
१२९. योग, ध्यान, आयुर्वेदिक मसाज र अर्गानिक खाद्य प्याकेज सहित पोखरालाई {  Wellness Tourism Hub को रुपमा विकास गरी स्वास्थ्य पर्यटन प्रवद्र्धन र पोखरालाई अन्तर्राष्ट्रिय Wellness Destination का रूपमा स्थापित गर्न निजी क्षेत्रको साझेदारीमा आधुनिक      Wellness Center  स्थापना गरिनेछ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ध्यान र प्राकृतिक उपचारका लागि वार्षिक रुपमा Pokhara Wellness Retreat कार्यक्रम आयोजना गरिनेछ ।
१३०. पोखराको मुख्य बजार क्षेत्रमा पार्किङको समस्या समाधान गरी शहरलाई व्यवस्थित र ट्राफिकमैत्री बनाउन Multi–Layer Smart Parking System  अन्तर्गत व्यस्त शहरी क्षेत्रमा बहु–तल्ले स्मार्ट पार्किङ्ग भवनहरूको निर्माण प्रक्रिया सुरु गरिनेछ । भूमिगत तल्ला वा भूँइ तल्लामा पार्किङ वा भण्डारण जुन प्रयोजनका लागि स्वीकृति लिएको हो, सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था कडाइका व्यवस्था लागु गरिनेछ ।
१३१. पोखराको यातायात सेवा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन Smart Public Transport Management System, Traffic Education & Road Safety Campaign, Smart  Traffic Monitoring र सवारी प्रदूषण परीक्षण कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गरिनेछ। पोखरालाई पर्यटकमैत्री स्मार्ट सिटीको रूपमा विकास गर्न Pokhara Smart Tourist App सञ्चालनमा ल्याईनेछ ।
१३२. विचार, स्रोत, अनुभव र सहकार्यको सेतुको रूपमा पोखराको दिगो विकासमा सहयोगका लागि पोखराका सरोकारवाला, विदेशमा स्थापित पोखरेली, पोखरा भ्रमण गरेका विज्ञ वाह्य नागरिक तथा बिज्ञहरुको सहभागितामा –Pokhara Development Forum आयोजना गरिनेछ । हाल सञ्चालित विकास साझेदार संस्थासँगको सम्बन्धलाई थप व्यवस्थित गर्दै थप लगानि भित्र्याउन पहलकदमी लिईनेछ ।
१३३. शहरी तापमान नियन्त्रण, हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि निजी तथा सार्वजनिक भवनको छाना र भित्ता, हरियाली छाना, हरियाली भित्ता –Green Roof, green wall_ नर्माण प्रोत्साहन गरिनेछ । नमुनाका  रुपमाGreen Roof ,Green wall बनाउनेलाई पुरस्कृत गर्ने नीति लिईने छ । जलवायु अनुकुलनमैत्री शहर निर्माणका लागि आवश्यक पहल गरिने छ ।
आर्थिक विकास/कृषि तर्फ ः
१३४. ‘उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ भन्ने अवधारणा अनुरूप कृषिको आधुनिकीकरण, विशिष्टीकरण, विविधीकरण र व्यवसायीकरण गरिनेछ । कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धिमा जोड  दिइनेछ । कृषकहरूलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गरिनेछ ।
१३५. भूमि वर्गीकरण, भूमि बैङ्क र वित्तीय पहुँचः भू उपयोग एन र नियमावली अनुसार भूमि वर्गीकरण गरिनेछ । भूमि बैङ्कमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै लगानी वृद्धिको लागि कृषि ऋणमा लाग्ने ब्याजमा ५० प्रतिशत सहुलियत उपलब्ध गरिनेछ ।
१३६. खेतीयोग्य गह्रा बनाऔँ हराभरा अभियानका साथ हिउँदे बाली (गहुँ, तोरी, आलु, चैते धान, तरबुजा) को क्लस्टरमा खेती गरिनेछ । पोखरा महानगरपालिकाभित्र सिँचाइ क्षेत्र विस्तार गर्दै थोपा, प्लास्टिक पोखरी, लिफ्ट, कुलो र पाइप सिँचाइमार्फत वर्षभरि भरपर्दो सामूहिक पहुँच बढाई बाली सघनता वृद्धि गरिनेछ । पहाडी तथा काष्ठफल फलफूल आयोजनाको साझेदारीमा सुन्तला, कागती, मेकाडेमिया नट, एभोकाडो आदिको क्षेत्र विस्तार गरिनेछ ।
१३७. प्रभावकारी सूचना, प्रविधि, सञ्चार गर्दै कृषि प्रसारको लागि डिजिटल कृषि प्रणाली अवलम्बन गरिनेछ । उत्पादन पकेट क्षेत्रमा कृषि तथा पशुपन्छी सेवा प्राविधिकको व्यवस्था गरिनेछ । किसान सूचीकरण कार्यलाई अभियानको रूपमा सञ्चालन गरिनेछ र सेवा प्रवाहमा जोडिनेछ ।
१३८. दिगो कृषिको आधारका रूपमा प्राङ्गारिक खेतीको विस्तारका लागि प्राङ्गारिक पकेट स्थापना र वातावरणमैत्री सहरी कृषिमा जोड दिइनेछ । माटोको जैविक गुणस्तर कायम राख्न प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै, रासायनिक मल र विषादीको प्रयोगलाई नियमन गरी मानव स्वास्थ्य र जैविक विविधताको संरक्षण गरिनेछ । रैथाने बाली, बीउ, नस्ल र कृषि जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिइनेछ ।
१३९. कृषियोग्य भूमिको संरक्षण, बाँझो जमिनको उपयोगलाई प्रोत्साहन गरिनेछ । आकस्मिक रोग कीरा, प्राकृतिक बिपद तथा जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गरिनेछ । भूमि बैङ्कको व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
१४०. कृषि उत्पादनको बजारीकरणलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन उत्पादकदेखि उपभोक्तासम्म खाद्य आपूर्ति शृंखलालाई सुदृढ गरिनेछ । उत्पादन स्थलमा कृषि उपज सङ्कलन केन्द्र र पोखरा महानगरपालिका भित्र किसान बजार र साझेदार बजार सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
१४१. कृषि उपजको न्यूनतम समर्थन मूलयमा आधारित कार्यक्रम मार्फत व्यवसायीक जोखिम कम गर्दै बजार सुनिश्चित गरिनेछ । कृषि सामग्री, कृषि उपजको उचित मूलय र बजारमा पहुँचका लागि डिजिटल कृषि बजार व्यवस्थापन प्रणाली थप सुदृढ गरी रैथाने बालीको उत्पादन र बजारीकरणलाई प्रवद्र्धन गरिनेछ ।
१४२. ताजा उत्पादनको गुणस्तर कायम राख्न श्री कम्प्लेक्सको साझेदारीमा कोल्ड चेन प्रविधि सहितको बजार सञ्चालन गरी उत्पादन उपरान्त हुने क्षति कम गरिनेछ । कृषि एम्बुलेन्स मार्फत ग्रामीण क्षेत्रबाट नियमित कृषि उपज सङ्कलन गरी उपभोक्तासम्म पुर्‍याउने कार्यलाई निरन्तरता दिइनेछ । छिमेकी पालिकाहरूमा उत्पादन भएका स्थानीय उत्पादन बजारीकरणका लागि जोड्ने विस्तृत नीति तयार गरी कार्यान्वयन गरिनेछ ।
१४३. ‘पशुजन्य उत्पादनमा वृद्धि, आर्थिक उपार्जन सहितको समृद्धि’ भन्ने मान्यताका साथ स्वच्छ मासु तथा दूध उत्पादनमा आत्मनिर्भरताको लागि फर्म सुदृढीकरण कार्यक्रम सञ्चालन गर्दै पशुपन्छीको रोग निवारणको लागि निःशुल्क खोप तथा औषधि उपलब्ध गराइनेछ ।
१४४. पशुपन्छी पालन व्यवसायको प्रवद्र्धन र संवद्र्धनको लागि पशु नस्ल सुधार, आहारा व्यवस्थापन र बाँझो जमिनमा घाँस खेती बिस्तार गर्न प्रोत्साहन गरिनेछ । बङ्गुर पालन व्यवसायलाई पुनस्र्थापनाको लागि बङ्गुर पकेट कार्यक्रम सञ्चालन गरी उत्पादन प्रविधि र जैविक सुरक्षाको लागि असल अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ ।
१४५. ‘तपाईँ हाम्रो रहर, स्वच्छ महानगर’ भन्ने मान्यताका साथ मुख्य सहरी क्षेत्रमा पर्ने वडाका घना बस्तीहरूमा घरायसी फोहरको व्यवस्थापन गरी कम्पोस्ट मल बनाइ कौसी खेती प्रवद्र्धन गरिनेछ ।
१४६. पोखरा–१४ बाच्छिवुडुवा स्थित पुष्करिणी परोपकार गोकुल धाम (गौशाला) को स्तरोन्नति गरी छाडा पशु व्यवस्थापन/संरक्षण गरिनेछ । सहरी सौन्दर्यीकरण र सडक सुरक्षालाई मध्यनजर गरी सामुदायिक कुकुरको नियन्त्रणका लागि बन्ध्याकरण तथा घरपालुवा कुकुर दर्ताका लागि माइक्रो चिप्स प्रविधिको प्रयोग र भ्याक्सिनेसन अभियान प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । साझेदारीमा कुकुर होस्टेल सञ्चालन गरिनेछ ।
१४७. राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँग समन्वय गरी महानगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गरिनेछ । समस्याग्रस्त सहकारीको लागि व्यवस्थापन समिति गठन गरी परिचालन गरिनेछ ।
१४८. सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिनेछ ।
१४९. सहकारी क्षेत्रको लगानीलाई उत्पादनशील क्षेत्रतर्फ आकर्षित गर्न एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । सहकारीको सूचकमा आधारित अनुगमन तथा नियमन गरिनेछ । सहकारीको क्षमता अभिवृद्धि गरी विकास साझेदारको रूपमा विकास गरिनेछ । सहकारी संस्थाहरूको प्रवद्र्धन र नियमनमा प्रभावकारिता ल्याउन एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली COPOMISव्यवस्थित गरिनेछ ।
१५०. ‘स्थानीय उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र महानगरको समृद्धि’ को अवधारणामा स्थानीय उत्पादन प्रवद्र्धन तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय कच्चा पदार्थमा आधारित उद्यमशीलता र स्थानीय व्यापारलाई आधार बनाई साना तथा घरेलु उद्योगको विकासलाई प्रोत्साहन गरिनेछ ।
१५१. महानगरपालिकामा श्रम सल्लाहकार समिति गठन गरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सूचीकरण गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सम्बद्ध निकायसँग सहकार्य गरिनेछ । श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई कार्यस्थलमा कडाइका साथ कार्यान्वयन गर्न प्रभावकारी नियमन गरिनेछ ।
१५२. नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्टअप कर्जा कार्यक्रमलाई विस्तार गरिनेछ । प्रदेश सरकार एवम् निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय संवर्धन, क्षमता अभिवृद्धि, बजारीकरण र मूल्य शृंखला निर्माण गर्न Business Incubation Centre स्थापना र सञ्चालन गरिनेछ ।
१५३. E-Commerce मार्फत व्यापारको विकास गरिनेछ । बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्तन प्रवद्र्धन गरिनेछ । उद्यमशीलता र रोजगार प्रवद्र्धनात्मक कार्यक्रमहरू सचालन गरिनेछ। इन्टर्नसिपलाई स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गर्न प्रोत्साहन गरिनेछ ।
१५४. श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न विभिन्न तालिम प्रदायक निकायसँग समन्वय गरिनेछ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विस्तार, विकास र आधुनिकीकरण गरिनेछ। रोजगार बैङ्कको स्थापना गरी रोजगारी सम्बन्धी सूचनाको डिजिटल अभिलेखीकरणको लागि पोखरा रोजगार एप्स मार्फत व्यवस्थित गरिनेछ ।
१५५. ‘मेक इन पोखरा र मेड इन पोखरा’ अभियानको लागि स्थानीय स्तरमा उत्पादित वस्तुको ब्राण्डिगंको लागि पोखरेली उत्पादन एचयमगअत या एयपजबचब को लोगो लगाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिनेछ । व्यवसायको  प्रणाली सुधारको लागि नियमित मेन्टरिंग र उद्यम क्लिनिक मार्फत व्यवसायको हेल्थ चेकअप गरिनेछ । आइडिया मार्ट मार्फत प्राप्त आइडीयाहरुलाई व्यवसायमा जोड्न निजी क्षेत्रसँगको साझेदारीमा लगानी सहजीकरण गरिनेछ ।
१५६. उपभोक्ता अधिकारसँग सम्बन्धित संस्थागत व्यवस्थालाई सुदृढ र विस्तार गरिनेछ । कालोबजारी, सिन्डिकेट, कार्टेलिङ जस्ता गतिविधि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाइनेछ । अत्यावश्यक वस्तु सेवाको आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य अनुगमन र गुणस्तर नियन्त्रणमा जोड दिइनेछ । यसका साथै, खाद्य गुणस्तर र सुरक्षाको व्यवस्था गर्दै फुटपाथ क्षेत्रमा हुने कृषि वस्तुको बिक्री वितरणलाई नियमन गरिनेछ ।
१५७. स्थानीय उत्पादनको प्रवद्र्धन तथा स्थानीय उत्पादन तर्फ कृषकहरूको आकर्षण वृद्धि गर्न रैथाने बिउ बैक स्थापना गरी आवश्यक बिउ तथा मल वितरणको व्यवस्था गरिनेछ । स्थानीय उत्पादनको खपतलाई बढाउँदै आयातित रसायनजन्य खाद्यान्नको प्रयोगलाई न्यूनीकरण गरिनेछ ।
वित्त व्यवस्थापन तर्फ ः
१५८. राजस्वका दर न्यूनीकरण गरी दायरा विस्तार गरिनेछ । कर सचेतना कार्यक्रमलाई निरन्तरता दिइने छ । राजस्व प्रणालीलाई प्रविधिको प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाइनेछ । राजश्व प्रशासनलाई बढी विश्वसनीय र यथार्थपरक बनाउन नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयले तयार गरेको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा समाविष्ट भई आएको राजस्व मोडेल पूर्ण रूपमा लागू गरिने छ । करदातालाई अनलाइन प्रणालीका माध्यमबाट कर भुक्तानीलाई थप व्यवस्थित बनाइनेछ ।
१५९. वडा तहमा करदातालाई कर बुझाउन कुनै असहजता भएमा प्रत्यक्ष सम्पर्क गरी गुनासो सुन्ने, सूचना उपलब्ध गराउने, कर बुझाउन सहजीकरण गर्ने लगायत कार्यका लागि सहायता कक्ष सञ्चालन गरिनेछ । समयमा कर दाखिला गर्ने असल करदाताको पहिचानको लागि असल करदाता स्टिकर प्रदान गरी असल करदाता सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१६०. राजस्व परिचालनलाई प्रभावकारी बनाउन विद्यमान सङ्गठन संरचना अनुसार राजस्व प्रशासनलाई व्यवस्थित गरिनेछ । महानगरपालिका क्षेत्रमा रहेका करदाताहरूको विद्युतीय लगतका लागि पोखरा महानगरपालिकाको छुट्टै एप बनाई सरोकारवाला निकाय तथा संघीय तथा प्रदेश कार्यालयहरूको सहकार्यमा करदाताहरूको विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइनेछ ।
१६१. पोखरा महानगरपालिकाको विज्ञापन कर ऐन तर्जुमा गरी महानगर क्षेत्र भित्र हुने विज्ञापनलाई करको दायरामा ल्याइनेछ । मुख्य पर्यटकीय क्षेत्रको पर्यटन शुल्क महानगरपालिकाको मातहतमा ल्याई आन्तरिक राजस्वको स्रोतको रूपमा विकास गरिनेछ । सार्वजनिक यातायात सञ्चालन गर्ने समिति तथा प्रा.लीलाई व्यवसाय करको दायरामा ल्याइनेछ ।
१६२. करदाताले पेस गरेको सम्पत्तिको विवरणलाई अद्यावधिक गरिनेछ । साथै मालपोत तथा नापी कार्यालयसँग समन्वय गरी कर सूचना प्रणाली र भु–सूचना –GIS Based_ प्रणालीमा आबद्धता गरी कर नक्साङ्कन –Tax Mapping_ प्रविधिको विकास गरिनेछ ।
१६३. महानगर र मातहतका वडा कार्यालय तथा जिल्ला स्थित सरकारी निकायसँग समन्वय गरी कर तथा शुल्कलाई सेवासँग आबद्ध गरिँदै लगिनेछ । ठुला करदाता सम्बन्धी राजस्व प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन ठुला करदाता इकाई स्थापना गरिनेछ । राजस्व सङ्कलनमा देखिएको अस्पष्टतालाई समाधान गर्न आवश्यक प्रभावकारी समन्वय गरिनेछ ।
१६४. राजस्व प्रशासन अन्तर्गत कार्यरत कर्मचारीहरूलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ । राजश्वको ठुलो हिस्सा ओगट्ने आय ठेक्कालाई समय सीमा भित्र व्यवस्थापन गर्न वार्षिक कार्य योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।
१६५. जग्गाको मूल्याङ्कन प्रणाली वस्तुनिष्ठ एवम् तथ्यमा आधारित नभएको कारण नगरपालिकाले लगाउँदै आएको सम्पत्ति कर तथा भूमीकर (मालपोत) बापत सङ्कलन हुने राजस्व समेत न्यून हुने गरेकाले करयोग्य सम्पत्तिको पहिचान तथा मूल्याङ्कन विधिमा व्यवस्थित तथा वैज्ञानिक परिपाटीको अवलम्बन गरी सम्पत्ति कर प्रशासनमा समसामयिक सुधार गरिनेछ । यसका लागि जग्गाको न्यूनतम मूल्याङ्कनलाई आधारयोग्य, विश्वसनीय र बजार मूल्यको निकटवर्ती बनाउन मूल्याङ्कनका वस्तुगत आधार र सूचकहरू पहिचान गरी सोही आधारमा जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने विधि अवलम्बन गरिनेछ ।
१६६. करयोग्य सम्पत्तिको अभिलेख प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइने छ । सम्पत्तिको स्वामित्व र अन्य विवरणमा हुने परिवर्तनको अद्यावधिक सूचना प्राप्तिका लागि मालपोत तथा नापी कार्यालयसँग सूचना नेटवर्क स्थापना गरी स्वचालित रूपमा सूचना आदानप्रदान हुने पद्धति क्रमशः स्थापित गर्दै लगिनेछ । करयोग्य सम्पत्तिको अभिलेख र सम्पत्ति कर सङ्कलनको विवरणलाई क्रमशः सूत्र SUTRAप्रणालीसँग आबद्ध गरिनेछ । करको दायरामा नआएका र आएर पनि नियमित नभएका करदाताको अभिलेख अद्यावधिक गरी नियमित गराइनेछ ।
१६७. सार्वजनिक खर्चलाई पारदर्शी बनाउन तथा खर्चसँग सम्बन्धित स्रेस्ताहरूको सुरक्षा तथा व्यवस्थापनका लागि स्रेस्ताहरूलाई स्रेस्ता व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिनेछ । साथै खर्च र आम्दानीको विवरणलाई डिजिटल प्रणाली मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ । बेरुजु सम्परीक्षण कार्यलाई प्रभावकारी रूपमा अगाडी बढाइनेछ ।
१६८. सवैप्रकारका पेसा व्यवसाय दर्ता तथा नवीकरणलाई व्यवस्थित गर्दै करको दायरामा ल्याइनेछ । भारतीय नागरिकलाई राष्ट्रियता खुल्ने परिचय पत्रका आधारमा व्यवसाय दर्ता गर्न आवश्यक नीतिगत व्यवस्था मिलाइनेछ ।
योजना अनुगमन तर्फः
१६९. उपभोक्ता समितिलाई आयोजना कार्यान्वयन मर्मत सम्भार प्रति जिम्मेवार बनाउँदै लगिनेछ । आगामी आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरू कानुन बमोजिम दर्ता भएका उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ ।
१७०. ठुला योजनाहरूको गुणस्तरीयता कायम गर्न अनुगमन समितिलाई प्रभावकारी परिचालन गरिनेछ। यस्ता आयोजनाहरूको फरफारक गर्दा अनिवार्य रूपमा गुणस्तर परीक्षण अनिवार्य गरिनेछ । अधुरा योजनाहरूको पुरा गर्न आवश्यक स्रोतको व्यवस्था गरिनेछ । स्रोतको चापलाई  मध्यनजर गरी अधुरा योजना सम्पन्न नगरी नयाँ आयोजनाहरू थप नगर्ने नीति लिइने छ ।
१७१. विकास आयोजनाहरूको गुणस्तरीयता कायम गर्न कम्तीमा तेस्रो चौमासिक पछि ठेक्का आव्हान, उपभोक्ता समितिसँग सम्झौता नगर्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ । उपभोक्ता समितिको सहभागिता न्यून हुने आयोजनाहरू उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने छैन ।
१७२. महानगर स्तरीय एकीकृत तथ्याङ्क प्रणाली विकास गर्न डाटा हब निर्माण गरिनेछ । वडा कार्यालयहरू/महाशाखाहरूबाट नियमित तथ्याङ्क सङ्कलन र भण्डारणको व्यवस्था मिलाइ अभिलेख तथा तथ्याङ्कको प्रयोग सुनिश्चित गरिनेछ । आगामी आर्थिक वर्षमा पोखरा महानगरपालिकाको समग्र तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्न तथ्याङ्क ऐन तर्जुमा गरी लागु गरिनेछ ।
१७३. पर्याप्त पूर्व तयारी भएका र आर्थिक तथा प्राविधिक रूपमा सम्भाव्य आयोजना वा कार्यक्रम मात्र छनौट भएका छन्, भन्ने वस्तुगत आधार विना नै रकम विनियोजन गर्ने पद्धतिले विनियोजित रकम खर्च भएर पनि प्रतिफल प्राप्त हुन नसक्ने, अधुरा वा बिचमा छोड्नुपर्ने आयोजनाको संख्या बढ्दै जाने र यसबाट सार्वजनिक स्रोतको जबाफदेही उपयोगमा प्रश्न चिन्ह खडा हुने समस्या आम रूपमा अनुभूत गरिएको छ । यस समस्याको निराकरणका लागि महानगरपालिकाबाट गरिने सार्वजनिक लगानीलाई वित्तीय अनुशासन, विनियोजन कुशलता र खर्चमा दक्षता अभिवृद्धि गरी नतिजामुखी बनाउन विद्यमान योजना प्रणाली सुधारमा विशेष जोड दिइनेछ ।
१७४. नतिजामुखी सार्वजनिक लगानीको सुनिश्चितताका लागि आर्थिक, सामाजिक, प्राविधिक र वातावरणीय दृष्टिले कार्यान्वयनयोग्य आयोजना पहिचान, छनौट र प्राथमिकीकरण गर्ने आयोजना बैङ्क पद्धतिको कार्यान्वयन मार्फत आयोजना छनौट प्रणालीलाई नियमबद्ध र तथ्यमा आधारित बनाई पुँजीगत लगानीमा विनियोजन दक्षता अभिवृद्धि गर्न र प्रतिफल सुनिश्चित गर्न जोड दिइनेछ ।
१७५. लैङ्गिक तथा जलवायुमैत्री मध्यम कालीन खर्च संरचना मार्फत आवधिक योजनालाई वार्षिक बजेटसँग आबद्ध गरी उपलब्ध स्रोत साधनलाई आवधिक योजनाले निर्धारण गरेका प्राथमिकता अनुरूप परिचालन गर्ने पद्धतिलाई संस्थागत गर्दै लगिनेछ ।
सञ्चार, सूचना तथा प्रविधि तर्फः
१७६. नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हक प्रत्याभूत गर्दै, सूचना तथा सञ्चार क्षेत्रको सबलीकरण, दिगो व्यवस्थापन, सुरक्षित र विश्वसनीय प्रयोग मार्फत समग्र सञ्चार क्षेत्रलाई सार्वजनिक सेवाका रूपमा सक्षम बनाउने नीति लिइनेछ । एकीकृत रूपमा सञ्चार तथा सूचना क्षेत्रको नियमनलाई व्यवस्थित गर्न महानगरपालिकाको सञ्चार ऐन तर्जुमा गरिनेछ ।
१७७. महानगरवासीको सुसूचित हुन पाउने अधिकार सुनिश्चित गरिनेछ । नागरिकहरूलाई सूचित गर्न पत्रपत्रिका, रेडियो, टेलिभिजन र विद्युतीय सञ्चार माध्यम सहित नागरिकको सहज पहुँचमा रहेका सामाजिक सञ्जालहरूको प्रभावकारी उपयोग गरिनेछ । महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूलाई महानगरपालिकामा अनिवार्य सूचीकरणको व्यवस्था गरिनेछ ।
१७८. पत्रकारिताको प्राज्ञिक विकास तथा खोज पत्रकारिता प्रोत्साहन, सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि र लेखनवृतिका लागि आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रमहरूमा साझेदारी गरिनेछ । सम्बद्ध सरोकारवालासँगको सहकार्यमा पत्रकार कल्याणकारी कोषको प्रभावकारी परिचालन गरिनेछ। साना लगानीका स्वरोजगार सञ्चारमाध्यमलाई वृत्तपोषण कार्यक्रम मार्फत प्रोत्साहन गरिनेछ। लोककल्याणकारी विज्ञापनका लागि आवश्यक कानुनी व्यवस्था गरी समानुपातिक विज्ञापन वितरण प्रणालीको विकास गरिनेछ ।
१७९. महानगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, पर्यटन तथा आर्थिक पक्षका सूचना, जानकारी र तथ्याङ्क तथा सेवाहरू सार्वजनिक प्रदर्शनका लागि सङ्ग्रहालय/अभिलेखालयका रूपमा सहरी सूचना केन्द्र सञ्चालन गरिनेछ । पृथ्वीचोक स्थित निर्माणाधीन पोखरा घरमा आर्थिक वर्ष २०८२।०८३ भित्र पुस्तकालय, आर्ट ग्यालरी र सूचना केन्द्रको व्यवस्थापन गरिनेछ । पोखरा दर्पण लगायत महानगरपालिकाका प्रकाशनहरूलाई नियमित गरिनेछ । पोखरा महानगरपालिकाका सेवा प्रवाह तथा पोखरा प्रवद्र्धनका लागि श्रव्य दृश्य प्रचार समाग्रीहरु उत्पादन, प्रकाशन र प्रसारणका लागि आवश्यक समन्वय गरिनेछ ।
१८०. पोखरा सिप Pokhara Skill Bank Program अन्तर्गत स्मार्ट सहर निर्माणका लागि आवश्यक डिजिटल र व्यवहारिक सीपहरू Graphic Design, Video Editing, Event Management, Tourism Guide tyf Social Media Management लगायतका युवा पुस्ता लक्षित तालिमहरू सञ्चालन गरिनेछ । यस माफर्mत पोखरामा सीपयुक्त, बहुपक्षीय र स्वावलम्बी युवापुस्ता निर्माण गरी स्थानीय विकास र डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।
१८१. मेरो सहरको कथा म भन्छु,Pokhara Storytelling & City Branding by Youth अभियान अन्तर्गत पोखराका जेन जी पुस्ता सहित विभिन्न पृष्ठभूमिका युवाहरूलाई आफ्नो सहरका अनुभव, संस्मरण, संस्कार, चुनौती र सपनाहरू आफ्नै शब्द, फोटो, भिडियो वा कला (मल्टिमिडिया स्टोरी) मार्फत प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । यस अभियानले स्थानीय कथालाई उजागर गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत साझा गरी पोखराको विविधता, पहिचान र सकारात्मक पक्षलाई उजागर गरी पर्यटन प्रवद्र्धन गर्न सघाउनेछ ।
१८२. युवा परामर्श र करियर परामर्श हब –Youth Mentorship and Career Counseling Hub_ अन्तर्गत कक्षा १० को एसइई परीक्षापछि युवाहरूलाई लक्षित गरी करियर काउन्सेलिङ सेवा उपलब्ध गराइनेछ। साथै व्यक्तिगत मार्गदर्शनका लागि Mentorship प्रोग्राम सुरु गरिनेछ । सफल युवा व्यक्तित्वहरूसँग संवाद गर्ने र उनीहरूको सफलताका कथा साझा गर्ने कार्यक्रम आयोजना गरिनेछ, जसले उद्यमी युवाहरूलाई प्रेरणा दिने र नयाँ पुस्तालाई सही दिशामा अगाडि बढ्न सहयोग गर्नेछ । यस कार्यक्रमले लक्षित र योजनाबद्ध रूपमा युवाहरूको समग्र विकास र नेतृत्व क्षमतामा वृद्धि गर्ने उद्देश्य राखिएको छ ।
१८३. Gen/Z International Exchange Program अन्तर्गत पोखरामा भगिनी सम्बन्ध स्थापना भएका सहरहरूका युवा र स्थानीय न्भलरश् पुस्ताबिच सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। यसबाट यस सहरका न्भलरश् पुस्तालाई विभिन्न देशका युवाबिच समझदारी र मित्रता बढाउन सघाउ पुग्नेछ । यस कार्यक्रम अन्तर्गत भगिनी सहरका युवालाई आमन्त्रण गर्ने र हाम्रा युवालाई भगिनी सम्बन्ध कायम भएका सहरहरू पठाउँदा अनुभव आदान प्रदान, संयुक्त परियोजना विकास, साझा धारणा निर्माण र स्टार्टअप सहयोगका अवसरहरू आदान प्रदान गर्न सघाउनेछ, यसले पोखराका जेन जी र युवा पुस्तालाई अन्तर्राष्ट्रिय एक्स्पोजर दिने र विश्वव्यापी सोच विकास गर्न मद्दत गर्नुका साथै पोखराका युवालाई ग्लोबल परिप्रेक्ष्यमा सक्षम र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्न सघाउने विश्वास लिइएको छ ।
१८४. युवा भविष्यका कर्णधार मात्र होइन बर्तमानका साझेदार पनि हुन्, भन्ने मान्यतालाई मूर्तरूप दिन Pokhara Youth Leadership Lab कार्यक्रम अन्तर्गत युवाहरूलाई नेतृत्व कौशल, सार्वजनिक बोल्ने कला र निर्णय क्षमता अभिवृद्धि गर्न लक्षित तालिमहरू प्रदान गरिनेछ । साथै, सहरका विकाससँग सम्बन्धित विषयमा Discussion Series र युवारकिशोर किशोरी नगर सभा आयोजना गरिनेछ । यसले सहरका युवालाई आफ्नो सहरप्रति अपनत्व जगाई जिम्मेवार, जागरूक र सशक्त बनाई नीति निर्माण प्रक्रियामा सक्रिय सहभागी बनाउने अपेक्षा राखिएको छ ।
१८५. पोखराको विकास र युवा उद्यमशीलतालाई प्रवद्र्धन र सहजिकरणकालागि एयपजबचब क्ष्मभब द्यबलप स्थापना गरिनेछ । यस बैङ्क मार्फत पोखराको दिगो विकास, प्रवद्र्धन र युवा उद्यमशीलता स्टार्ट अप आइडिया कालागि स्थानीय नागरिक, युवा, व्यवसायी, विज्ञ र सरोकारवालाबाट नयाँ, रचनात्मक र व्यावहारिक योजनाहरू सङ्ग्रह गरिनेछ । यसले पोखराको भौतिक पूर्वाधार विकास र युवा उद्यमशीलता विकासमा जुनसुकै बेला सबै तहका नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्दै बिचार निर्माण र योजना बैङ्कको रूपमा संस्थागत संरचना निर्माण गर्ने विश्वास गरिएको छ ।
१८६) नगरपालिका स्थापना भएको ऐतिहासिक दिन २०१६ साल पौष २ गतेलाई आगामी वर्षदेखि नगर स्थापना दिवसका रूपमा मनाइनेछ । नगर स्थापना दिवसका अवसरमा विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने व्यक्ति/व्यक्तित्व/संस्थालाई पोखरेली नवरत्न सम्मान प्रदान गरिनेछ ।
अन्त्यमा, समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार भन्ने नारालाई सार्थकता प्रदान गर्ने गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको अभियानमा हातेमालो गर्न आमनगरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा हार्दिक आव्ह्वान गर्दछु । साझा समृद्धि प्राप्त गर्ने संकल्प सहित पोखरा महानगरपालिकाको १७ औँ नगरसभालाई सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने उपप्रमुख ज्यु, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर सभाका सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी लगायत उपस्थित सम्पूर्ण महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
Leave A Reply

Your email address will not be published.