सुचना, समाचार र मनोरन्जन

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति कति छ? हेर्नुहोस विवरण

काठमाडौँ,

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।

गभर्नर पौडेलले आज सार्वजनिक गर्नुभएको विवरणमा उनी र श्रीमतीका नाममा गरी १४ करोड रुपैयाँभन्दा धेरै शेयरमा लगानी छ । यस्तै पौडेल र उहाँको श्रीमतीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २७ लाख रुपैयाँ निक्षेप रहेको छ ।

यस्तै पौडेलकी श्रीमती प्रतिभा शर्माका नाममा ललितपुरको सैँबु र चितवनको गैँडाकोटमा एकरएक घर र जग्गा रहेको छ । यस्तै गर्भनर पौडेलकी श्रीमतीका नाममा एउटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसैगरी पौडेलसँग झन्डै ४५ तोला सुनका गहना र झन्डै १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् ।

Leave A Reply

Your email address will not be published.