Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- माग्नेबुढा अमेरिका ग्रिन कार्डको पर्खाइमा अमेरिका बसेका हैन र?
- एआईको सहयोगमा निर्माण गरियो गीतको भिडियो ‘मेरो नेपाल’
- स्वस्तिमाको अभिनित फिल्म ‘लालीबजार’को ‘मै राम्री छु त नी’मा बबाल डान्स
- २५ वर्षअघिको क्रेज फर्काउला आधुनिक फिल्म ‘गौँथली’ले,‘आँखा भरी आँसु’मा जन्मघर छोड्दाको पीडा
- रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
- काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
- दाउरा थकालीको देशव्यापी विस्तार : स्वादसँगै नेपाली संस्कृति प्रवर्द्धन
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय
- गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण
‘देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ’: मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताएका छन ।
आज भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उहाँले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्याउनुपर्ने धारणा राखे।
मन्त्री पाण्डेले भक्तपरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गराउनुपर्ने बताए।
उहाँले भन्नुभयो, “नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ । अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन् । योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना गर्न सकिन्छ । यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक व्यक्तिलाई योग आवश्यक छ । यो अभियान अब नेपालबाट सुरु हुन्छ ।”
भौतिक र अभौतिक सन्तुलन स्थापित गरेर योग साधनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मानव सभ्यतालाई उचित मार्गमा लैजान योगलाई फैलाउनु आवश्यक रहेको बताए । धार्मिक ज्ञान र विज्ञानबीचको सन्तुलनलाई मन र शरीरसँग जोडेर लानसके सम्मुनत समाजको निर्माण हुने उनको धारणा छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले योगलाई विद्यालय केन्द्रित बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए ।
आज अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिक्षकका लागि योग प्रशिक्षणमा जिल्लाभरिका ६० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको योग जिल्ला समन्वय समिति एवं कार्यक्रम संयोजक नवराज काफ्लेले जानकारी दिए ।
योग प्रशिक्षणमा सामुदायिक सबै विद्यालयलाई कार्यक्रममा नसमेटिएको, शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरले विद्यालयमा विभेद गरेको, संस्थागत विद्यालयका छाता सङ्गठन एवं विद्यालयलाई सहभागिता नगराइएको, बजेटको दुरुपयोग गरेकोलगायत कारण देखाउँदै संस्थागत विद्यालयका सञ्चालकले असन्तुष्ट व्यक्त गरेका थिए ।