सुचना, समाचार र मनोरन्जन

निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्छ:  सुमना श्रेष्ठ

काठमाडौँ,

पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद सुमना श्रेष्ठले निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन्। शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै उनले १५ वर्षभित्रमा निजी विद्यालयहरू गैरनाफामुलक हुनुपर्ने बताएकी हुन्।

Pach Pandav

संविधानको स्प्रिट अनुसार निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउनुपर्ने उनको भनाइ थियो । संविधानको स्प्रिट अनुसार जान नसकिने भएपछि संविधान नै संशोधन गर्नुपर्ने उनले बताइन् ।

ऐन प्रारम्भ भएपछिको १५ वर्षभित्रमा गैरनाफामुलक संस्थाको रूपमा हुनुपर्ने आफ्नो प्रस्ताव भएको उनले बताइन् । शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा विवादित विषयमा छलफल चलिरहेको छ। विवादित विषय टुङ्गो लगाएर असार १५ गते प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी छ।

Leave A Reply

Your email address will not be published.