सुचना, समाचार र मनोरन्जन

‘हली’ फिल्मको प्रमोशनल गीत सार्वजनिक, स्टार कलाकारहरूको आकर्षक प्रस्तुति

काठमाडौं :

पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा निर्माण गरिएको नेपाली फिल्म ‘हली’को प्रमोशनल गीत रिलिज गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रममार्फत ‘चान्प पाए त’बोलको गीत रिलिज गर्रिको हो।

शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस फिल्मको गीतमा बाबुल गिरी र शान्ति श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीकै संगीत रहेको छ।

निकै कर्णप्रिय र आकर्षक बनाइएको यो गीतको भिडियोमा फिल्मका मुख्य नायक प्रमोद दीपसँगै कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको दमदार नृत्य प्रस्तुत गरिएको छ। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

निर्देशक ओम प्रतिकद्वारा लिखित तथा निर्देशित यस फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। फिल्म वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको बताइएको छ।

कार्यक्रममा बोल्दै निर्मात्री जश्मिन श्रेष्ठले, ‘देशमा परिवर्तन ल्याउन एक जना ‘हली’ नै काफी हुन्छ’ भन्ने सन्देश फिल्मले दिने बताईन्। फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य, मुख्य सहायक निर्देशक जीवननाथ गौतम, सम्पादक रामप्रसाद चौधरी, प्रमोशनल गीतका सम्पादक विपिन मल्ल, छायाकार राहुल राई हुन्।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धारको संगीत, कुमार महर्जनको एक्सन र ओम प्रतिक तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

Leave A Reply

Your email address will not be published.