सुचना, समाचार र मनोरन्जन

दर्शकको मन जित्दै ‘ऊनको स्वीटर’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडौं :

विपिन कार्की अभिनित फिल्म ‘ऊनको स्वीटर’ ले प्रदर्शनको ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ। देशभरका करिब ४० फिल्म हलमा यो फिल्मले ५१ दिन मनाएको हो।

नेपाली फिल्म क्षेत्रमा ५१ दिनसम्म हलमा टिक्नुलाई महत्वपूर्ण उपलब्धि मानिन्छ। त्यसैलाई यो फिल्मले उपलब्धी मुलक नै बनाउन सक्षम भएको छ। नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र सुमधुर सङ्गीतका कारण दर्शकमाझ यो फिल्म लोकप्रिय बन्न सफल भएको निर्माण पक्षको भनाई छ। फिल्मले ५१ औँ दिन पार गरेपछि यस फिल्मका निर्देशक नवीन चौहानले यसको सफलतामा खुसी व्यक्त गर्दै दर्शक र शुभचिन्तकप्रति आभार प्रकट गरेका छन्। उनले दर्शकले देखाएको मायाले आफूलाई आगामी दिनमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिएको बताए।

यस फिल्मको पटकथा निर्देशक चौहान आफैंले लेखेका हुन् भने निर्माण आर्टमान्डूले गरेको हो। फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेललगायतको अभिनय रहेको छ। गीत निर्देशक सुजन चापागाईं र सङ्गीत निर्देशक कोविद बज्र रहेका छन्।

फिल्मले हलमा ५१ दिन मनाएको उपलक्ष्यमा आज निर्माण टिमले आफु निकट पत्रकार तथा फिल्मसँग नजिक रहेकालाई शुभकामना आदानप्रदान गर्ने समेत कार्यक्रमको आयोजना गरिएको छ।

Leave A Reply

Your email address will not be published.