सुचना, समाचार र मनोरन्जन

शंकर बिसीले रचे तीज गीत ‘साइली छोरी’

काठमाडौं :

नेपाली गीतसंगीतप्रेमी दर्शक–श्रोताका लागि शंकर बिसीको नाम सांगीतिक क्षेत्रमा पर्याय बनिसकेको छ। अभिनय, निर्देशन र कोरियोग्राफीमार्फत दशकौंदेखि लोकसंगीतको क्षेत्रमा सक्रिय रहेका बिसी पछिल्लो समय सर्जकका रूपमा पनि चिनिँदै गएका छन्।

भर्खरै सार्वजनिक भएको तीज गीत ‘साइली छोरी’ मा शंकर बिसीले शब्द लेखेका छन् भने गीतको निर्देशन र कोरियोग्राफी पनि उनकै रहेको छ। गीतमा गायिका देविका केसी र रामकुमार नेपालीको स्वर सुन्न सकिन्छ भने लय पनि रामकुमार नेपालीकै रहेको छ।

Chaka Panja

गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नवीन घर्ति मगरले गरेका छन्। भिडियोमा शंकर बिसी र जुना विश्वकर्माको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्ने विश्वास गरिएको छ।

लोकगीतप्रेमी दर्शकहरूको मन जित्न सफल शंकर बिसीको यो नयाँ सिर्जनाले पनि सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.