सुचना, समाचार र मनोरन्जन

ऋचा शर्मा ‘जदौ’ मा अनुबन्ध, कलाकारको लाइनअप थप बलियो

काठमाडौं :

नेपाली फिल्म ‘जदौ’ मा कलाकारहरूको उपस्थिती क्रमशः बलियो बन्दै गएको छ। निर्माण टिमले अभिनेत्री ऋचा शर्मालाई प्रमुख भूमिकामा अनुबन्ध गरेको छ।

यसअघि अभिनेता मुकुन भुसाल र मोडल तथा अभिनेत्री नीति शाह फिल्ममा अनुबन्ध भइसकेका छन्। निर्माण टिमका अनुसार केही प्रमुख कलाकारहरू अझै टुंगो लाग्न बाँकी छन्।

काजी लिम्बूद्वारा लिखित ‘जदौ’ फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने भएको हो। फिल्ममा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री सह(निर्माताका रूपमा रहेका छन्। बुद्धि माझीले निर्माण व्यवस्थापन सम्हाल्नेछन्।

फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। छायांकन दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा हुने बताइएको छ। बाबुल गिरीको संगीत रहने फिल्मको प्युठानतर्फको निर्माण व्यवस्थापन लछुमन भण्डारीले गर्नेछन्।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक बिमला भण्डारीका अनुसार फिल्मका निर्देशक तथा अन्य कलाकार र प्राविधिकबारे क्रमशः जानकारी दिइनेछ। निर्माण पक्षका अनुसार अभिनेत्री ऋचा शर्मा फिल्ममा अहिलेसम्मकै फरक चरित्रमा देखिनेछिन्।

Leave A Reply

Your email address will not be published.