काठमाडौँ,
स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको घटना अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई दिइएको छ ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा सोमबार बसेको बैठकले प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएको हो ।
बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी दिपक थापा, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का एआईजी चन्द्रकुवेर खापुङ लगायतका अधिकारी सहभागी थिए ।
बैठकको निर्णय अनुसार सीआईबी र मानव बेचबिखन ब्युरोले त्यसबारे अनुसन्धान गर्ने बैठकमा सहभागी एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘सूचना सङ्कलन लगायतका काम प्रहरीले सुरु गरिसकेको रहेछ, अब अध्यागमन विभागले पनि सहयोग गरेर अनुसन्धान अघि बढाउने कुरा भएको छ ।’
प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै सङ्घीय संसद्मा सांसदहरूले प्रश्न गरेका छन् ।
सेभिल्लामा ३० जुनदेखी २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।
भिजिट भिसामा त्यसतर्फ गएका र फर्के–नफर्केको यकिन गरेपछि पठाउने गिरोहबारे अनुसन्धान गरिने गृहका एक जना उच्च अधिकृतले बताए । उनले भने, ‘विस्तृत अनुसन्धान पछि कोही संलग्न देखिए फौजदारी मुद्दा अघि बढाउने निर्णय भएको छ ।’
प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै सङ्घीय संसद्मा सांसदहरूले प्रश्न गरेका छन् ।
सेभियामा ३० जुनदेखी २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।
भिजिट भिसामा त्यसतर्फ गएका र फर्के–नफर्केको यकिन गरेपछि पठाउने गिरोहबारे अनुसन्धान गरिने गृहका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘विस्तृत अनुसन्धान पछि कोही संलग्न देखिए फौजदारी मुद्दा अघि बढाउने निर्णय भएको छ ।’ –रातोपाटी