सुचना, समाचार र मनोरन्जन

रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङ

काठमाडौं :

नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् । राजधानीको होटल सोल्टीमा भएको फिनालेमा उनीहरुले उपाधि जितेका हुन् । उनीहरुले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन्।

यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेण्ड रनरअप तथा इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल थर्ड रनरअप भए ।कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै उनीहरुको प्रतिभा चिनाउन र मोडलिङ गर्नकै लागि विदेश जानु नपरोस् भनेर प्रतियोगिता गरिएको बताइन्।

‘यो प्रतियोगिता पछि यसको जुन किसिमको हाइप नेपालमा बढेको छ, विजेताले जुन किसिमको एक्सपोजर ल्याउनुभएको छ । त्यो कुराले हामी सन्तुष्ट र खुशी छौं’, उनले भनिन् ।
एजेन्सीका संस्थापक सम्शाद शाहले प्रतियोगिता मोडलहरुका लागि उपयुक्त प्लेफर्म बनेको बताए ।

Leave A Reply

Your email address will not be published.