सुचना, समाचार र मनोरन्जन

विवस बेनामको लिम्बु भाषामा ‘ए फुंङ्’ सार्वजनिक

काठमाडौं :

वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको गीत ‘ए फुंङ्’ को म्युजिक भिडियो रिलिज भएको छ। योगीतको भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको हो।

यसमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीतमा मनि ताम्लिङ्ग र दिपा सुहाङ्गको मिठो स्वर संग्रहित छ । सुमन थाम्सुहाङग र नविना सम्वाहाम्फेको मुख्य भूमिका रहेको भिडियोमा बिजेता लिम्बु, सोनिया लाबुङ्ग, निरा नेम्बाङ्ग आदिको पनि अभिनय देख्न सकिन्छ।

अमेरिकाको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सम्राट कार्कीले खिचेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठ, कलरिङ्ग बिनय कंशाकारको रहेको छ । जेपिजे इन्टरटेन्टमेन च्यानलबाट मनोरञ्जन र सन्सारभर भए गरेका बिबिध गतिबिधिहरु ‘हेल्लो अमेरिका’ मार्फत प्रसारण हुँदै आइरहेको छ।

Leave A Reply

Your email address will not be published.