पोखरा :
लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशन तथा २९औं वार्षिक साधारणसभा आगामी भदौ २० र २१ गते हुने भएको छ। संघको हालै सम्पन्न कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको हो। महासचिव जानुका पराजुली अधिकारीले बैठक निर्णय सार्वजनिक गरेकी हुन्।
अधिवेशनमार्फत संघको नयाँ कार्यसमिति चयन गरिनेछ। मिति नजिकिएसँगै संघमा चुनावी सरगर्मी बढ्न थालेको छ। व्यवसायीहरू दुई फरक प्यानलमार्फत प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। संघका वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका पराजुली अधिकारी अध्यक्ष पदमा आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रने निश्चित भइसकेको छ।
दुबै पक्षले घरदैलो अभियानदेखि प्रचारप्रसारलाई तीव्र बनाएका छन्। उम्मेदवारहरूले सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क गरी मत माग्ने कार्यलाई तीव्रता दिएका छन्। संघको नेतृत्व चयन गर्न लागेको यस अधिवेशनलाई व्यवसायिक समुदायले चासोका साथ हेरिरहेको छ।
