काठमाडौं :
भारतका प्रसिद्ध अभिनेता आमिर खानले बलिउड चलचित्र उद्योगलाई बचाउन नयाँ योजना अगाडि सारेका छन्। उनले भनेका छन्, भारतमा १.४ अर्ब जनसंख्यामध्ये सिनेमा हलमा जाने दर्शक मात्र २–३ प्रतिशत रहेको छ, जुन निकै कम हो। यसको मुख्य कारण उच्च टिकट मूल्य र ग्रामीण क्षेत्रमा सिनेमा हलको अभाव रहेको छ।
आमिरले आफ्नो नयाँ फिल्म ओटीटी डिजिटल माध्यम युट्युबमा मात्र रु १०० मा हेर्न सकिने घोषणा गरेका छन्। यसले चलचित्रलाई बढी मानिससम्म पुर्याउने र डिजिटल पहुँचलाई व्यापक बनाउने विश्वास गरिएको छ। चलचित्र निर्माता हंसल मेहता लगायतले यो कदमलाई ‘स्मार्ट’ र ‘सिर्जनात्मक दृष्टिकोण’ भएको बताए।
बलिउडको वर्तमान व्यापार मोडेललाई आमिर र लेखक जावेद अख्तरले आलोचना गरेका छन्। इत्त् प्लेटफर्मको प्रभावले सिनेमा घरमा दर्शक संख्या घटेको र यो उद्योगका लागि चुनौतीपूर्ण बनेको बताइएको छ। आमिरले ग्रामीण क्षेत्रमा सस्तो सिनेमा हल खोल्ने योजना पनि अघि सारेका छन्।
बलिउडका मुख्य कलाकारहरूले पनि अब फिल्मको पारिश्रमिक कम गरेर नाफा साझेदारी गर्ने प्रवृत्ति सुरु गरेका छन्, जसले चलचित्र व्यवसायमा आर्थिक सन्तुलन ल्याउने अपेक्षा गरिएको छ। आमिर खानको यो पहलले बलिउडलाई नयाँ दिशा दिन र दर्शक संख्यामा वृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
साभार : theguardian