
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु
- विरामी हुँदा पनि निरुता र उत्तम‘सारथी’को प्रचारप्रसारमा व्यस्त,हल भिजिटमा निस्कने तयारी
- पोखरामा मंसिर १२ गते वृहत् सरसफाइ अभियान, नागरिक सहभागिताका लागि जागरण कार्यक्रम
- ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो?
- ‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, भोली शुक्रबारबाट फिल्म रिलिज
- ‘एक्का–३’ काे कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त
- पूजा शर्मा र अशोक दर्जीको ‘सेतो कोट’ को एक्सन कट
- लेखनाथको नौविसे फाँटमा शनिबार परम्परागत दाइँ महोत्सव हुँदै
- वैवाहिक बन्धनमा बाँधिए रोहित र सिम्रन
- जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै
गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण
गण्डकी,
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन।

प्रदेशसभाबाट पारित ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमुख भट्टले आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिए।
दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएको थियो । संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।