Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ
जिल्लाका छवटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो ।
जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धानखेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष समयमा वर्षा हुनुका साथै मौसमले साथ दिएकाले समयमै रोपाइँ सकिएको कार्यालयका प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्लामा तीन हजार ४८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
यहाँ खुमल–४ र ६, राधा–४ सहित अन्य हाइब्रिड जातका धानखेती हुँदै आएको कार्यालय प्रमुख बस्नेतले बताए । यो वर्ष धानखेती हुने सबै खेतीयोग्य जग्गामा रोपाइँ गरिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा बढी उत्पादन हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।
सबै बाँझो जग्गामा धानखेती हुने हो भने खेतीयोग्य क्षेत्रफलसहित उत्पादनमासमेत वृद्धि हुने बस्नेतको भनाइ छ । खेतीयोग्य सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेकाले सिँचाइ सुविधा विस्तार भएमा उत्पादन पनि बढ्ने उनले बताए ।
धान उत्पादनलाई बढाउन चैते धानखेतीमा जोड दिइएको बताउँदै योजनाअनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो । जिल्लामा गत वर्ष १२ हजार ९५५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष समयमै वर्षात् हुनुका साथै धानखेतीमा किरा नदेखिएकाले गत वर्षभन्दा १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उनले उल्लेख गरे।
उत्पादन भएकोमध्ये केही चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर बिक्री गरिँदै आइएको कृषि विकास कार्यालयले जनाएको छ । धानसहित खाद्यन्नमा रुकुमपश्चिम आत्मनिर्भर नरहेको कार्यालय प्रमुख बस्नेतले बताए ।