काठामडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ मनाउने भएको छ ।
सांसद डा.तोसिमा कार्कीको नेतृत्वमा रहेको युवा तथा खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ललितपुरमा साउन २७ गते उक्त समिट मनाउन लागिएको हो।
विभागले केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार पत्रकार सम्मेलन गरी युवाहरूको सीप विकास, डिजिटल साक्षरता, मानसिक स्वास्थ्य लगायत विषयमा जनचेतना जगाउने हिसाबले सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । सातै प्रदेशमा युवाहरूको सहभागी रहने कार्कीले जानकारी दिइन् ।
ुयुवाहरू राजनीतिमा आउनुपर्छ । राज्यसत्ता युवाले चलाउनुपर्छ भन्ने विषयमा बढी फोकस गरिनेछ । अबको नेपाल युवाले नै हाँक्नुपर्छ’, उनले भनिन् ।