सुचना, समाचार र मनोरन्जन

अमेरिका उडिन् एलिना चौहान,आफ्ना फ्यानलाई छोडिन् सामाजिक सञ्जालमा सन्देश

काठमाडौं :

पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान अमेरिका उडेकी छन्। उनी सांगितिक यात्राको लागि बिहिबार अमेरिका प्रस्थान गरेकी हुन्।

उनको यो पहिलो अमेरिका यात्रा हो। उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई केहि शब्द समेत खर्चिएकी छन्। उनी लेख्छिन्,‘केही महिनाको सांगितिक कार्यक्रम अन्तर्गत अमेरिका जाँदैछु । यो यात्रालाई म केवल यात्रा होइन, सपना पूरा गर्ने अवसरको रुपमा लिएकी छु ।’

उनले आफुलाई सदैव माया गरिदिन समेत आफ्ना फ्यानहरुलाई आग्रह गरेकी छन्। उनी थप्छिन्,‘तपाईंहरुको सदैवको यात्रा, साथ र प्रेरणाले मलाई यहाँसम्म ल्याएको हो। अब संगीतको आवाज अमेरिकामा गुन्जनेछ।’

Leave A Reply

Your email address will not be published.