काठमाडौं :
अभिनेत्री बेनिशा हमालको स्टारर दुई फिल्म यतिबेला प्रदर्शनमा रहेका छन्। गत शुक्रबारबाट उनी अभिनित फिल्म ‘सिटामोल’ र ‘मोहर’एकसाथ प्रदर्शनमा आएका हुन्। दुवैले हलमा राम्रो कमाई गरिरहेका छन्। यसमध्ये फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइलाई गरिरहेकोछ।
प्रदर्शनको छैटौं दिन अर्थात बुधबार रातीसम्म फिल्म ‘मोहर’को कूल कलेक्सन २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस छ। बिहिबारको कमाई भने सार्वजनिक हुने तयारीमा छ। फिल्मले प्रदर्शन थालेको ३ दिनमा फिल्मले १ करोड १ लाख रुपैयाँ कमाएको निर्माण पक्षको दाबी थियो।
यो फिल्मले लगानी उठाउन ४ करोड भन्दा बढि ग्रस कलेक्सन गर्नु पर्ने बाध्यता छ। किनभने निर्माण पक्षको भनाई अनुसार फिल्मको कुल बजेट १ करोड ८६ लाख रुपैयाँ हो। अर्को फिल्म ‘सिटामोल’को मोहरको तुलनामा कम छ।
बिहिबारदेखि प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘कुली’ र ‘वार २’को प्रदर्शनमा आएपछि नेपाली फिल्मको व्यापारमा असर पर्ने देखिएका छन्। किनभने यि दुई फिल्म प्रदर्शनमा आएपछि नेपाली फिल्मको शो संख्यामा भारी कटौती भएको छ। ‘मोहर’ले विहिबार १३१ शो र ‘सिटामोल’ले ३९ शो पाएका छन्।
फिल्म ‘मोहर’मा अभिनेता बेनिशाका अलवा पल शाह,रबिन्द्र झा,नीति शाह,सुशिल देवकोटा लगायतको मुख्य भुमिका रहेको छ। यो फिल्मलाई ओम प्रतिकले लेखेका हुन् भने निर्देशन पनि उनकैको छ। यता ‘सिटामोल’मा बेनिशाका अलवा सौगात मल्ल,श्री कृष्ण निरौला,जानुका लगायतको अभिनय देख्न सकिन्छ। फिल्मलाई राज बहादुर साने र प्रदीप भारद्धाजले लेखेका हुन् भने निर्देशक सानेकै छ।