सुचना, समाचार र मनोरन्जन

खुसी थुलुङ्गको तीज गीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक

काठमाडौं :

हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतहरूको सार्वजनिक हुने क्रम जारी छ। यही सन्दर्भमा लोकप्रिय गायिका खुसी थुलुङ्गले आफ्नो नयाँ तीज गीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक गरेकी छिन्।

गीतमा सुरेन्द्र रानाको शब्द, बिरेन शाक्यको संगीत र फणिन्द्र राईको एरेन्ज रहेको छ। गीत गायिका थुलुङ्गको आधिकारिक युट्युब च्यानलमार्फत मंगलबार साँझ सार्वजनिक गरिएको हो।

गीतमार्फत तीजलाई मितव्ययी ढंगले मनाउन, फजुल खर्च नगर्न, र साँस्कृतिक रमाइलोमा सीमित राख्नुपर्ने सन्देश दिइएको छ। नाचगानसहित रमाइलो गर्ने परम्परा झल्काउने यो गीत सामाजिक सन्देशसँग जोडिएको छ।

यसअघि ‘खुसीका रङ्गहरू’ गीतिसङ्ग्रहसहित दर्जनौं गीत सार्वजनिक गरिसकेकी थुलुङ्ग सामाजिक सन्देशसहितका गीतमार्फत चर्चामा रहिआएकी छन्।

Leave A Reply

Your email address will not be published.