सुचना, समाचार र मनोरन्जन

‘नारीको वेदना’ तीज गीत सार्वजनिक

काठमाडौं :

तीजको अवसरमा सार्वजनिक तीज गीतहरूको सङ्ख्यामा यस वर्ष उल्लेखनीय वृद्धि देखिएको छ। यही क्रममा गायक धीरज खत्री र गायिका तुलसा सुनुवारको स्वरमा रहेको नयाँ तीज गीत ‘नारीको वेदना’ सार्वजनिक भएको छ।

गीतमा पार्वती खत्री रोक्काको शब्द, ममता खत्री बस्नेतको संगीत र सन्तोष प्रगाढको एरेन्ज रहेको छ। गीतले महिलाहरूको भोगाइ र पीडालाई अभिव्यक्त गर्ने प्रयास गरेको छ।

भिडियोमा सञ्चिता शाही, राजन थापा मगर, कविता देवी राई, ईन्द्र बस्याल, समिता राउत, मनोज राई, तारा खड्का बस्याल, अनिता खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन, सुमन कुमार श्रेष्ठको निर्देशन र राकेश रणपालको मेकअप रहेको भिडियो हाल युट्युबमार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.