काठमाडौं :
चर्चित बलिउड अभिनेत्री समिता सेट्ठी आइतबार काठमाडौं आइपुगेकी छन्। उनी राजधानीस्थित सोल्टी होटलमा रहेकी छन् र आफ्नो नेपाल आगमनको जानकारी उनले इन्स्टाग्राम स्टोरीमार्फत सामाजिक सञ्जालमा समेत सेयर गरेकी छन्।
समिता बलिउड अभिनेत्री शिल्पा सेट्ठीकी बहिनी हुन्। उनले केही दिनअघि मात्र नेटफ्लिक्समा रिलिज भएको ‘द ग्रेट इन्डियन कपिल शो’ मा शिल्पासँगै देखिएकी थिइन्।
उनको अभिनय करियर आदित्य चोपडाको निर्देशनमा बनेको चर्चित फिल्म ‘मोहब्बतेँ’ बाट सुरु भएको हो। सो फिल्मबाट समिताले आइफा अवार्ड पनि जितेकी थिइन्। ‘बेफवा’, ‘जहर’ र ‘क्याँस’ जस्ता चलचित्रमा पनि उनले काम गरेकी छन् जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।
फिल्म क्षेत्रमा मात्र सीमित नहुने उनले ‘बिग बोस’ को २००९ र २०२१ सिजन, ‘झलक दिखला जा’ र ‘खतरों के खिलाडी’ जस्ता लोकप्रिय भारतीय रियालिटी शोमा समेत भाग लिइसकेकी छन्। नेपालमा उनको यो भ्रमणको उद्देश्य तथा कार्यक्रम बारे थप जानकारी सार्वजनिक हुन बाँकी छ।