पोखरा,
असोज ११ गते अर्थात सेप्टेम्वर २७ तारिखका दिन पोखरामा चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम फोरमको आयोजना र युन्नान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोट्र्स एसोसिएसनको सहकार्यमा पोखराको घारीपाटनमा यस वर्षपनि उक्त प्रतियोगिता हुन लागेको हो ।
उक्त प्रतिष्ठित दौडमा नेपाल र चीनका खेलाडीहरूको उत्साहजनक सहभागिता रहनेछ, जसले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य राखेको छ ।
पोखराको ग्लोबल प्रोफाइललाई बढावा दिन तथा पोखरालाई प्रमुख खेलकुद पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्न हरेक वर्ष खेलको आयोजना गर्ने गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५ चीनियाँ टोलिसहित २० समूहको सहभागिता रहनेछ भने टिममा एक जना विपरित लिङ्गी खेलाडीलाई अनिवार्य सहभागी गराउनु पर्नेछ । खेलाडीहरुले ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ गर्नु पर्ने छ । दौडका क्रममा खेलाडीहरूले कुल २२५८ मिटर उचाइ पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम, २२,९२० रुपैँया (१२०० आरएमबी) रहेको छ । त्यस्तै च्यालेन्ज इन्डिभिजुअल प्रतियोगितामा करिब १६० खेलाडीहरूले (जसमा ६० चिनियाँ खेलाडीहरु र १०० नेपाली खेलाडीहरू) ५० किलोमिटरको ट्रेलमा २३६६ मिटरको कुल उचाइ पारगर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति व्यक्ति, ९५५० रुपैँया (५०० आरएमबी ) रहेको छ । विद्यार्थी दौड प्रतियोगितातर्फ विद्यार्थीहरुको निम्ति आयोजना गरिएको यस दौडको, बाराही घाटदेखि केसी निवास ड्यामसाइडसम्म, कुल दुरि कायम गरिएको छ । साथै उक्त दौडमा ५०० जना ८ देखि १२ अबिकक सम्म का खेलाडीहरुले सहभागिता जनाउने छन् ।
ह्याप्पी रन समूह प्रतियोगितामा ३५०–४०० जना सम्म खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ । २ किलोमिटरको दुरि पार गर्नु पर्ने यस दौड प्रतियोजिताको समाप्ति समय २ घण्टाको रहेको छ ।
२० समुह सहभागी हुने खेलमा प्रथम हुने लाई ४५८,४०० रुपैंया (२४,००० आरएमबी), दोस्रो हुने लाई ३४३,८०० रुपैँया (१८,००० आरएमबी), तेस्रो हुने लाई २२९,२०० रुपैँया (१२,००० आरएमबी), चौथो हुने लाई १५२,८०० रुपैँया (८,००० आरएमबी)
पाँचौँ हुने लाई ९५,५०० रुपैँया (५,००० आरएमबी) नगद पुरस्कारको व्यवस्था रहेको छ । च्यालेन्ज इन्डिभिजुअल समूहः शीर्ष दश पुरुष र महिला खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाउने व्यवस्था रहेको छ।
प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १५२,८०० रुपैँया (८,००० आरएमबी), दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिलालाई ११४,६०० रुपैँया (६,००० आरएमबी), तेस्रो स्थान प्राप्त गर्ने पुरुष र महिलालाई ७६,४०० रुपैँया (४,००० आरएमबी) चौथो देखि सातौ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरुलाई ३८,२०० रुपैँया (२,००० आरएमबी),आठौँ देखि दशौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूलाई १९,१०० रुपैँया (१,००० आरएमबी), टिम समुह र च्यालेन्ज इन्डिभिजुअल समुहमा निर्धारित समयमा दौड समाप्त गर्ने सबै खेलाडीहरूले मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । विद्यार्थी दौडः शीर्ष ६ पुरुष र महिला विद्यार्थी खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाउने व्यवस्था रहेको छ । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई ३०,००० रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई २५,००० रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई २०,००० रुपैयाँ, चौथो देखि छैठौं स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुले १०,००० रुपैयाँ प्राप्त गर्ने व्यवस्था रहेको छ ।
प्रतियोगिताले दुवै राष्ट्रका खेलाडीहरू र नागरिकहरूलाई सामूहिक समृद्धिको लागि प्रेरित गर्दै खेलकुदको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।