सुचना, समाचार र मनोरन्जन

एनपीएलः पोखरा बलिङमा

काठमाडौं,

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

पोखराले टस जितेर बलिङ रोजेको छ। तेस्रो खेल खेलिरहेको जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा दोस्रो खेल खेलिरहेको पोखराको पहिलो जित निकाल्ने उद्देश्य रहनेछ ।

Pach Pandav

जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हालेका छन्।

एनपीएल इतिहासमा यी दुबै टोली दुईपटक भिडेका छन्। जसमा एकरएक जित निकालेका छन्। गत संस्करणमा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने पहिलो संस्करणमा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो।

जारी प्रतियोगितामा आठ टोली सहभागी छन्। कर्णाली याक्स अंकतालिकाको शिर्ष स्थानमा छ।

Leave A Reply

Your email address will not be published.