सुचना, समाचार र मनोरन्जन

भदौ २३ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात,
२०८२ भदाै २३ गते साेमवार, ८ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ १६ः२१ बजेपछि मीन।

मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न कर्जा लिनुपर्ने हुन सक्छ। परिस्थितिले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। पेसा–व्यवसायमा साँझतिर मनग्य लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। कुनै विशेष अवसर पाइनेछ।

मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ।

कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा मान–सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ।

तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर प्रतिस्पर्धीलाई हराउन सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।

कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ। साँझतिर केही विवादास्पद काममा जुट्नुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि धन र बुद्धि खर्चनुपर्ने देखिन्छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर राेकिएकाे काम थाल्न सकिनेछ। भौतिक साधनले काममा सहजता ल्याउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

सबैको दिन शुभ रहोस…..

Leave A Reply

Your email address will not be published.