पोखरा,
भ्रष्टचार र वेथितिको विरुद्धमा पोखरामा पनि युवहरु सडकमा उत्रिएका छन । पोखराको सभागृहमा अहिलेको युवा पुस्ता (जेनजी) ले प्रदर्शन गरेका हुन ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेनजीले प्रदर्शन गरिरहेका छन् ।

विहान १० बजेदेखि नै जेननीहरू सभागृहमा भेला भएर प्रदर्शन थालेका हुन् र उनीहरुको समूह बढ्दै गइरहेको छ ।देशमा भ्रस्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् ।
पोखराका विभिन्न ठाउँबाट प्रदर्शनमा मिसिन आइरहेका जेनजीले आफरुहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् । ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’जस्ता नाराहरु उनीहरुले लगाएका छन् ।

