काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अब जेन जी पुस्ताले सेना प्रमुखसँग वार्ता गर्नुपर्ने बताएका छन।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि आन्दोलन गरिरहेका ‘जेन जी’ पुस्तालाई सम्बोधन गर्दै शाहले संयमित हुन आग्रह गरेका हुन । उनले वार्ताअघि संसद् विघटन हुनुपर्ने पनि बताए ।