
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
मुस्ताङ,
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको बेनी(जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

काभे्रभीर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा क्षति पुगेको सुपरभाइजर शेरचनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बेनी—जोमसोम सडकको काभ्रेभीरमा ठूला चट्टानसहितको सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए । अहिले डोजरको सहयोग पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ ।
Next Post