सुचना, समाचार र मनोरन्जन

भोलिदेखि सुपथ मूल्य पसल खुल्ने

काठमाडौँ । भोलि सोमबारदेखि देशभरि सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.