सुचना, समाचार र मनोरन्जन

चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता अनिश्चितकालको लागि स्थगित

पोखरा,

असोज ११ गते अर्थात सेप्टेम्वर २७ तारिखका दिन पोखरामा हुने भनिएको चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता अनिश्चितकालको लागि स्थगित भएको छ ।

हिमालयन टुरिजम फोरमको आयोजना र युन्नान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोट्र्स एसोसिएसनको सहकार्यमा घोषणा गरिएको प्रतियोगिता भदौ २३÷२४ गते भएको जेन्जी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमहरुको कारण हाल उक्त प्रतियोगिता गर्न नसकिने निर्णयमा पुगेको आयोजक संस्थाहरुले जनाएका छन ।

हाल देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हुँदा अर्को सुचना जारी नहुँदासम्मको लागि चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता रोकिएपनि देशको अवस्था सामान्य भएपछि पुनः सुचना जारी गरिने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.