सुचना, समाचार र मनोरन्जन

‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजय आमनेसामने

काठमाडौं :

अभिनेता दयाहाङ राई र विजय बराल अभिनीत चलचित्र ‘वरिष्ठ बलराम’ को पोस्टर सार्वजनिक गरिएको छ। कात्तिक ६ गते भाइटीकामा रिलिज हुने फिल्मको दुई पोस्टरले दुवै कलाकारबीचको टकरावलाई अगाडि सारेका छन्।

पहिलो पोस्टरमा दयाहाङ र विजयसँगै समृद्धि अर्याललगायत अन्य कलाकार बाइकमा देखिएका छन् भने दोस्रो पोस्टरमा दुवै मुख्य पात्रबीचको घम्साघम्सी स्पष्ट चित्रण गरिएको छ। दुवै पात्र एकअर्काविरुद्ध उत्रिएको दृश्यले अस्तित्व र ‘वरिष्ठ’ साबित गर्ने संघर्षलाई संकेत गर्छ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा दयाहाङ, विजय र समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीलगायतको अभिनय छ। सामाजिक कथावस्तुमा आधारित फिल्म चितवनका विभिन्न स्थानमा छायाङ्कन गरिएको हो।

निर्माता आशिष एच तामाङ र श्रीराज कार्कीको प्रस्तुतिमा बनेको चलचित्रलाई काठमाडौंमा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.