सुचना, समाचार र मनोरन्जन

मिष्टर नेपालको ग्राण्ड फिनालेमा ३० युवा, कस्ले जित्ला उपाधि ?

काठमाडौंँ :

‘मिष्टर नेपाल २०२५’को ग्राण्ड फिनाले शनिबार आयोजना हुँदैछ। होटल सोल्टीमा आयोजना हुने प्रतियोगीताको शिर्ष उपाधिका लागि ३० युवा भिड्दैछन्। प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको र कार्यक्रममा भब्य एबं सब्य हुने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए।

देशका प्रतिष्ठित ब्यक्तिहरुको सहभागीता रहने प्रतियोगीमा कृष्ण कसुधम नेपालगन्ज, इन्द्र ढुंगेल महेन्द्रनगर, रेजो नकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, निशान्त बुढायर कञ्चनपुर, कुशग्र गुप्ता नेपालगञ्ज, सत्यम पाठक काठमाडौं, निश्चल मानन्धर हेटौंडा,अजय रौनियार दुहबी सुनसरी, विजय स्याङ्तान मकवानपुर, अशिम बस्नेत, गिरीश रत्न शाक्य भद्रपुर झापा, प्रणिप श्रेष्ठ काठमाडौं, अजय रिजाल धगढी, सक्रिया घिसिङ तामाङ काठमाडौं, सन्दीप भारती काठमाडौं, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अष्टिन शेरचन ललितपुर, दर्पण सिंह गिरी पोखरा, दिनेश गुरुङ स्याङ्जा, हिमाञ्चल राज केसी ललितपुर, निशान कार्की विराटनगर, सबल कटुवाल कटारी, उदयपुर, विशनजंग निरौला इटहरी, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मणचन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगञ्ज उपाधिका लागि भिड्दैछन्।

सबै प्रतियोगी स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण सहित फाइनमा उत्रिन लागेको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन्।
प्रतियोगितामा ‘मिष्टर वल्र्ड नेपाल’, ‘मिष्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ।

विजेताले ‘मिस्टर वल्र्ड २०२५’ वा ‘मिष्टर ग्लोवल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन्। प्रतियोगीताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन्। युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता पुरुषहरु सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित हो ।

Leave A Reply

Your email address will not be published.