सुचना, समाचार र मनोरन्जन

लिगेश भट्टराईको निर्देशनमा ‘झ्याँडी खोला’ सार्वजनिक

काठमाडौं :

युवाहरूको विदेश पलायन र त्यसले नेपाली समाजमा पारेको पीडालाई कथावस्तु बनाइएको नयाँ गीत ‘झ्याँडी खोला’ सार्वजनिक गरिएको छ। लोकप्रिय गायक रामकुमार नेपाली र गंगा सोनमको स्वरमा रहेको यो गीतको भिडियो भारती पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा आफ्ना वृद्ध आमाबाबा, पत्नी, सन्तानलाई छाडेर विदेशिन बाध्य हुने युवाको मनको वेदना र परिवारको भावनालाई प्रस्तुत गरिएको छ। अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको गीतमा संगीत संयोजन पनि गरिएको छ।

भिडियोमा दिनेश केसी, अमृत भारती र सुजन गौतमलगायत कलाकारको अभिनय समावेश छ। भिडियोको छायांकन रवीन्द्र बरालले गरेका हुन् भने सम्पादन अच्युत बजगाईंले गरेका छन्। मेकअप कविता टोलाङ्गेले सम्भालेकी छिन्। गीतको भिडियो लिगेश भट्टराईले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.