सुचना, समाचार र मनोरन्जन

ओम प्रकाश राईको शब्द–संगीतमा नयाँ गीत ‘नेपाल आमा’ सार्वजनिक

काठमाडौं :

गायक पुष्कर सुनुवारको स्वरमा नयाँ गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ। ओम प्रकाश राईले शब्द र संगीत गरेका उक्त गीतमा एरेञ्ज पनि स्वयं गायक सुनुवारले गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ बिप्लप अधिकारीले ओसियन म्युजिक रेकर्डिङ स्टुडियोमा गरेका हुन्।

Chaka Panja

गीतमा पेमा शेर्पा राई र पवित्रा गुरुङले कोरस भोकल दिएका छन्। भिडियोमा कलाकार राज रुम्बा, रुपेश लामा, सञ्जु मोक्तान, सुनिता वाइवा, अर्जुन घिमिरे, नवराज श्रेष्ठ, ओसियन राई, अन्जिला चौधरी र ओप्सना राईलाई देख्न सकिन्छ।

गीतको छायांकन अभिनाश श्रेष्ठले गरेका हुन् भने सम्पादन प्रगति सुब्बाले गरेका छन्। रंग संयोजन ओम प्रसाईंले गरेका हुन्। भिडियो निर्देशन भने ओम प्रकाश राईकै रहेको छ।

Leave A Reply

Your email address will not be published.