सुचना, समाचार र मनोरन्जन

‘तिमीलाई के थाहा सानु’ भन्दै दर्शकमाझ आए मैझारोका धिरज र मिरुना

काठमाडौं :

हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा बनेको फिल्म ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले बडादसैंको फूलपातीको अवसर पारेर उक्त गीत ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा देखाइएको छ। लभ सङ भएको यो गीत फिल्मको कथासँग मेल खाने खालको रहेको निर्माण पक्षले जनाएको छ। गीत रिलिज भएलगत्तै दर्शकले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। शब्द र संगीत अनमोल गुरुङकै रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका हुन्।

Chaka Panja

मौलिक प्रेमकथामा बनेको ‘मैझारो’ मा धिरज र मिरुनासँगै दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायत कलाकारको अभिनय रहेको छ। ‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीलगायत गायक–गायिकाले स्वर दिएका छन्।

फिल्मको छायांकन सौरभ लामाले गरेका हुन्। आरआर फिल्मले फिल्म वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्म कार्तिक ७ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको छ।

Leave A Reply

Your email address will not be published.