काठमाडौं :
फिल्म ‘१२ गाउँ’बाट अभिनेताका रुपमा डेब्यु गरेका समिर भट्टको पहिलो फिल्मले नै २३ करोड ग्रस कमाई गर्यो। डेब्यु फिल्मले नै हलमा दर्शक भरिभराउ र कमाई राम्रै गरेपछि उनले सन्तोष सेनको फिल्म बलिदानमा अभिनय गरे। अहिले यो फिल्म हलमा प्रदर्शन भइरहेको छ।
यहि फिल्मको प्रचारप्रसारका क्रममा निर्देशक सेनले समिरको पारिश्रमिक डेढ करोड पुगेको दाबी गरेका छन्। उनले मज्जाको टिभीमा अन्तरवार्ता दिनेक्रममा समिरलाई फिल्म खेलाउनका लागि निर्माता तथा निर्देशकहरु डेढ करोड बोकेर जाने गरेको बताएका छन्। अहिले नेपाली फिल्म क्षेत्रबाट नै नलिएको पारिश्रमिक समिरले लिनु भएको कुरा छ? के छ दाई पारिश्रमिकको विषयमा भनेर प्रस्तोताले सोध्छिन्। उनले पारिश्रमिकको विषयमा जोमा गुण हुन्छ उसले लिन्छ भनेर जवाफ दिन्छन्।
‘पारिश्रमिकको विषयमा जोमा गुण हुन्छ त्यसले लिने हो। क्वालिटी त हुन पर्यो नि त,’उनले भने,‘गुणस्तर मान्छे,मलाई किन चाहियो समिर। समिरले इन्ड्रष्टिमा आउन कति योगदान दिएको छ। मलाई पारिश्रमिकको विषयमा चर्चै गर्न मन लाग्दैन। चलचित्र गुणस्तरमा लैजाने कसैले कुरै गर्दैनन्। खाली पारिश्रमिकको कुरा गर्छन्।’
उनले थपे,‘समिर भट्टलाई अहिले त डेढ करोड दिने,डेढ करोड नै बोकेर दिन गाका छन्। उसले वर्षमा तीन वटा फिल्म खेलेर डेढ –डेढ करोड लिए पनि भयो। उल्ले खेल्दैन।’