सुचना, समाचार र मनोरन्जन

इजरेली सेनाले भन्यो विपिन जोशी जीवित रहेको कुनै प्रमाण फेला परेन

दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी इजरेली सेनाले गराएको  बताएका छन्।

हमासले बन्धकमध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको ठानिएको छ। इजरेल र हमासबीच सङ्घर्षविराम भएपछि सोमवारदेखि बन्धकहरू मुक्त गर्ने तयार गरिएको छ।

Pach Pandav

तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए। केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन्, उनले भने।

हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए।

आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरेलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरेली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन्। स्थानीय समयानुसार सोमवार बिहान साढे ७ बजेतिर उक्त जानकारी गराइएको हो।

Leave A Reply

Your email address will not be published.